बिद्युत लाईन प्रसारण हाइटेन्टसन लाइनमा चढेर हिडेका व्यक्तीको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार भएको छ ।

उद्धार भएका व्यक्ती ककनी गाउँपालिका ७ बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको  प्रहरीले जनाएको हो ।

नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको व्यक्ती बिक नुवाकोटको ककनी नगरपालिका ७ मा प्रसारण लाइनको तारमा बिहान १० बजेदेखि चढेपछि आयोजना नै बन्द गरिएकोथियो ।

त्रिशुली थ्री ए बन्द हुँदा प्राधिकरणलाई विद्युत व्यवस्थापनमा समस्या परेको थियो ।

बिजुलीको तार यात्रा थालेका बिकले दिनभर सबैको ध्यान खिचेका थिए नै उनलाई तल झार्न स्थानीय र प्रहरीहरूले प्रयास गरिरहेपनि सकेनन् ।
उनलाइृ मानसिक सन्तुलन गुमाएको लगायत बिभिन्न धाराणा पोख्दै समामजिक सञ्जालमा भाइरल बनाइयोे ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकको ज्यान जोगाउन धेरेको कोसिस भएपनि लाई करिब ९ घण्टापछि बल्ल नेपाली सेनाको टोलिले उद्धार गर्न सफल भयो ।

 

लाइन प्रसारण बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्दले प्रतिघण्टा १० लाख घाटा  १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।

उद्धार गरिएपछि बिकलाई प्रहरीको जिम्मा लगाइएको छ ।