मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने स्वास्थ्य मन्त्री विराेध खतिवडाले जानकारी दिए।
उनले नागरिकन्यूजसँग भने, ‘बजेट अधिवेशन चलिरहेकाे हुनाले तत्काललाई मन्त्री फेर्ने कुरा हल्ला मात्र हाे।’ अहिलेसम्म मन्त्रालयकाे जिम्मेवारी पाएर काम गरिरहेका मन्त्रीहरू यथावत रुपमा रहेर काम गर्ने पनि उनले बताए।
हाल स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ नै यथावत रहने छन्।























प्रतिक्रिया दिनुहोस्