नेपालमा २०७९ स्थानिय तहको निर्वाचन को तयारी भयो ।
स्थानिय तहमा नेतृत्वकालागि बिभिन्न राजनितिदल र स्वतन्त्र तर्फबाट उम्मेदवार बन्नेहरु आए ।
नगर उपमहानगर, महानगरमा नेतृत्व गर्नकालागि उम्मेदवारी टिकट प्राप्त गर्न राजनिति दलमा आवद्ध रहेका व्यक्तीहरु निकै दौडधुपमा व्यस्त रहे ।
बैसाख ३० गते निर्वाचन सम्पन्न गर्न निर्देशन भएपछि त चुनावी मैदानमा होमिने रणनिति अपनाउदै पदकालागि टिकट लिन तछाड मछाडै भयो ।
पार्टीको तर्फबाट नेकपा एमाले पक्षले आफुहरु निश्पक्ष ढङ्गले जनताको काम गर्ने र बलियो पार्टी भएकाले जित पक्का भएको उल्लेख गरिरहे ।
केपी ओली नेतृत्वको नेकपा एमालेको विरासत ढाल्ने भन्दै बिभिन्न स्थानमा बलियो दलिय गठबन्धन गर्दै उम्मेदवार बन्ने र बनाउने तर्फ लागे । उम्मेदवार बन्ने चाहा भएर पार्टीले सिफारिस नदिएकाहरुमा केहीले पार्टी छाडेर अन्यत्र पार्टी प्रवेश गरे भने केही बागी उम्मेदवार समेत बनेर मैदानमा आए ।
यसै विच जनताको काम गर्ने भन्दै स्वतन्त्र उम्मेदवार पनि बने ।
यही मध्य स्वतन्त्र उम्मेदवार बनेकाहरुमा अहिले काठमाण्डौं महानगरमा चर्चा चलेको नाम हो बालेन्द्र साह र धरान उपमहानगरमा हर्कराज राई साम्पाङ ।
जसले चुनाव चिन्ह लौरो लिएका थिए ।
साम्पाङ बिभिन्न स्थानमा उदाहारणका रुपमा समेत परिचित भईरहेका छन् ।
उनको प्रसंसकहरु बढ्ने क्रम छ भने सामाजिक सञजालमा पनि उनकालागि बिभिन्न भनाईहरु पोष्ट भइरहेका छन् ।
राजनीतिक दलहरुमाझ पनि धरानमा हर्क अहिले अप्रत्याशित तरिकाले मेयर बनेका छन् ।
उनि निरन्तर भ्रष्टाचारको विरोधी हुँ धरान उपमहानगरमा रहेको खानेपानी समस्या समाधानका निर्माणको पक्षमा अनियमितता, विकासका नाममा वस्ती नै उठाउन खोजिएको भन्दै बोलिरहे ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिती, खोला उत्खनन रोक्न भन्दै विभिन्न मुद्दाहरुको अभियन्ता बनेर लागिरहका थिए। धरानको चोक चोकमा आवाज उठाउँदै पुगेर बोलिरहे तर साम्पाङको भनाईमा कसैको कानै पुगेन ।
तर, पनि हर्क जनताको लागि काम गर्ने भन्दे एक्लै न अघिपछि कार्यकर्ता न सजिसजाउ न लामलस्कर मानिसहरु । एक्लै माइकमा जनतको समस्या र उपमहानगरलाई सुधारकालागि आफुले गर्ने कामहरुका बारेमा बोेलिरहे ।
वैशाख २५ गते भानुचोकमा आयोजित चुनावी सभामा स्वतन्त्र उम्मेद्वार बनेपछि हकले ‘चुनावपछि धरान स्वतन्त्र हुने धाराणा राखेका थिए ।
उनले बोलिरहदा उनको छेउमा न कार्यकर्ता थियो, न कुनै बलियो संगठन। त्यसैले सामना हुने ध्यानै थिएन ।
संगित र कलामा समेत अब्बल रहेका हर्क झन झन धरानको सडकमा उभिएर कोही होस् या नहोस् गलत बेथितिहरुका बारेमा कहिले गीत गाउँदै त कहिले बुलन्द आवाज बोल्ने गर्दै जनताको दैलो दैलोमा साम्पाङ पुगे ।
ठुला दलहरु विचको महासंग्राममा युद्धका लागि होमिएका व्यक्ती मेयर बनेका हुन् । आइतबार धरानको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार साम्पाङ निवार्चित भए । अन्तिम मत परिणाम घोषणा हुँदा हर्कले २० हजार ८सय २१ मत प्राप्त गरेर विजयी भए ।
साम्पाङले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७सय ६२ मतान्तरले पराजित गरे ।
साम्पाङले २० हजार ८सय २१ मत प्राप्त गरे भने गठबन्धनबका राईले १६ हजार ६९ मत प्राप्त गरेका छन्।
मेयरकालागि एमालेबाट उम्मेद्वार बनेको मञ्जु भण्डारीले १२ हजार ८सय २५ मत मात्र प्राप्त गरिन्।
उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघाले २० हजार ५सय १० मत प्राप्त गरेर निवार्चित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेको पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरे।
पञ्चायतकालमा जनपक्षीय उम्मेद्वार जिताएको धरानमा २०४६ सालमा प्रजातन्त्र पुर्न स्थापना पछि २०४९, २०५४ र २०७४ को स्थानीय तह निर्वाचनमा धरानमा बहुमतले एमालेका उम्मेद्वारहरुलाई जिताएको थियो ।
२०४८ को आम निर्वाचन,२०५१को मध्यावधी,२०५६को निर्वाचनमा एमाले सांसद जिताएको धरानमा २०६४मा माओवादी र २०७० मा संविधानसभा निर्वाचनमा पुनः एमालेलाई जिताएर लाल किल्लाकोरुपमा स्थापित हुँदै२०७४ को संघ र प्रदेशको निर्वाचनमा धरान एमालेमय बन्यो ।
२०७६ को उपनिर्वाचनमा पहिलो पटक परिवर्तनको नारा दिएको कांग्रेसले प्रमुख पदमा जित हासिल गर्यो ।
२०७४ मा निवार्चित मेयर तारा सुब्बाको एक वर्षमै निधन भएपछि उपनिर्वाचनमा गुमेको विरासत फिर्ता गर्ने एमालेको सपना र सत्ता गठबन्धन गरेर वलियो बनेको पार्टीले विरासत बनाउने दाउमा रहदा स्वतन्त्र उम्मेद्वार साम्पाङले 2079 मा सबै चकनाचुर बनाइदिए।

















प्रतिक्रिया दिनुहोस्