मकवानपुरगढी गाउपालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तान र मानकुमारी पाख्रिन विजयी भएका छन् ।

केही मतगणना हुँदै गर्दा वडा नम्वर ४ र ५ मा केही मत गणना गर्न बाँकी हुदाहुदै समर्थकहरुले बधाई दिन सूरु गरेका छन् ।

वडा नम्वर १,२,३,६,७ र ८ मा गनेको मतपरिणाम अनुसार स्याङ्तानले नेकपा एमालेका विदुर हुमागाईंलाई ९४८ मतले पछि पारे।

वडा नम्वर ५ मा २०००मत गणना हुँदा एमालेका हुमागाईं९४ मतले पछि परे । वडा नम्बर ४ मा ११०० मत गणना गर्दा ३९ मतले पछि परे । ५७६ मत गणना गर्न रहदा नतिजा अनुसार दोर्जे १०८१ मतले हुमागाईं भन्दा अघि रहेको अवस्थामा जितको बधाई आउन सुरु गरेको हो।

गठबन्धममा नेकपा माओबादी केन्द्रको उपाध्यक्षकी उम्मेदवार मानकुमारी पाख्रिनले ६ वटा वडा गणना हुँदा एमालेकी सन्तु थिङ्लाई ६४८ मतले पछाडि पारिन् ।

वडा नम्वर ४ मा १००१ सय मतगणना हुँदा उनले ४४ मत र वडा नम्वर ५ मा १८६ मतले अघि लागिन् ।

गणनाको नतिजा अनुसार पाख्रिन थिङ भन्दा ८७८ मतले अघि छिन् । वडा नम्वर ४ र ५ मा ५७६ मत मात्रै गन्न बाँकी रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयले भने विजयको घोषणा गरिसकेको छैन ।