लाईन्स क्लब अफ लोटस् मकवानपुर द्वारा २०७९ सालको भित्ते पात्रो बिमोचन गरिएको छ ।
शनिबार एक कार्यक्रको आयोजनामा  उक्त भित्तेपात्रो बिमोचन गरिएको हो।

विश्वभरी फैलिएको कोभिड १९ को महामारीका समयमा समाजमा केही सेवा गर्ने भन्दै मकानपुरका युवाहरुद्धारा गठन गरिएको क्लबद्धारा प्रकासन गरिएको  भित्ते पात्रोले घरघरमा चिनिने325b2 district governer लाइन्स सम्भु नकर्मी ले बताए।

कोभिडको महामारीमा समस्या परेको समयमा सहयोगकालागि तत्काल उपस्थित हुने युवाहरुले गरेको काम प्रसंसायोग्य भएको बताए ।

समाजमा युवाहरुले केही गरौं भन्ने सोचले महामरीको समयमा सामाजिक सहयोगी बनेर काम गरेको नेतृत्वमा अघि सरेर काम गर्ने भनेर अघि बढ्नि लाग्दा कसरी टिकाउने काम गर्ने कसरी भनेर निकै डरको महसुस भइरहदा सबैको साथ सहयोग र सहकार्यले काम गर्न सहज भएको अध्यक्ष ला. दिपेन्द्र यादबले बताए ।

भित्ते पात्रो प्रकाशन गर्ने भनेपछि सहकार्य गरेर पाएको साथ सहयोगले अब घरघरको भित्तामा बसरेर क्लबको नाम मन मस्तिस्कमा बस्ने भएको मा खुसी व्यक्त गरे ।

 

क्लबका अध्यक्ष दिपेन्द्र यादबको सभाध्यक्षता  नकर्मीको   प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रिजन चेयर पर्सन जेपि यादब, लायन कोसिस अधिकारी,क्लबका कोषध्यक्ष लायन कुमार थोकर, ला.केदार प्रसाद ढोडारी, ला.केदार प्रसाद ढोडारी बाईस प्रेसिडेन्ट मनिष घिमीरे ला.निशा रोक्का लगायतको आतिथ्यता रहेको थियो।

सचिव ला. रमेश मुडवरीले कार्यक्रम सञ्चान गरेका थिए ।