बैसाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामा र उपमेयरमा राजेश बानियाँ रहेका छन् ।
त्यस्तै गरि राप्रपाको तर्फबाट मेयर पदकालागि दिपक बहादुर सिंह र उपमेयरकालागि इन्दिरा डल्लाकोटी न्यौपाने र नेकपा एमालेको तर्फबाट मेयर पदकालागि अनन्त पौडेल र उपमेयरकालागि सुमित्रा काफ्ले मैदानमा छन् ।
यसैबिच स्वतन्त्र उम्मेदवारका रुपमा मेयरकालागि लिला कुमारी आचार्य बबिता र सुरज पाण्डे उप–मेयरका लागि होमिएका छन् ।
सबै उम्मेदवारहरुले अ आफ्नो कार्ययोजना सहित टोलीनै घरदैलो अभियानमा दौडिएका छन् ।
नेपाली कांग्रेसबाट २०७४मा हेटौंडा वडा नम्बर ५को वडाध्यक्ष पदमा निर्वाचित राजेश बानियाँ यसपालि हेटौंडा उपमहानगरको मेयरको उम्मेदवार बनेपछि टोलीनै मतदाताको घरघरमा पुगिरहेका हुन् ।
उपमहानगरको समस्या समाधनाका लागि प्रतिगमनको हाबीको अन्त्य गरि जनताको हरेक समस्या सभाधान गर्ने प्रतिबद्धताजनएका छन् ।
………….
वडाध्यक्ष भएर काम गरिसकेका उममेयरका उम्मेदवार राजेश बानिया आखिर को हुन त?
राजनीतिमा होमिएर समाज सेवा नै मुख्य धर्म हो भन्दै करिब २५ वर्षदेखि विभिन्न संघ संस्थामार्फत् होस या राजनिति गरेर होस् समाजसेवामा सक्रिय बानियाँ यस पटक उपमेयर बन्ने दौडमा छन् ।
हेटौंडा–५,स्थायी बासिन्दा बानियाँ नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ ख– का सभापति हुन् भने गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयर पदका उम्मेदवार भएका हुन् ।
२०३६ साल वैशाख २९ गते वुवा बीरेन्द्रबहादुर र आमा नर्वदा बानियाँको छोरा बानियाँले २०५० सालदेखि कांग्रेसबाट राजनीति सुरु गरेर बालज्योति उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरपछि मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका हुन् ।
तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबको संस्थापक अध्यक्षसमेत रहेका बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट हेटौंडा–५ को वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
करिब २५ वर्षदेखि विभिन्न संघ संस्थामार्फत् समाजसेवामा सक्रिय रहेर बिदेशी राष्ट्र अमेरिका, क्यानडा युकेजस्ता उतकृष्ट देशको भ्रमण गरेर आफ्नो जिल्लाको माटोमै रहेर विकास गर्नुपर्छ भन्ने सोचले समग्र विकास र समृद्धिको बाटो तर्फ लैजाने चाहानाले पनि उम्मेदवारी दिएको बताउछन् ।
बानियाँ अहिले उपमहानगरको उपमेयरको उम्मेदवार बनेपछि प्रतिवद्धतासहित मतदाताको घरघरमा पुगेका छन् ।
बालज्योति माविको ३ कोठे भवन निर्माणको लागि सहयोग स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । वडावासीकोलागि १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका बानियाँले निर्वाचित भएमा १९ वटै वडामा एम्बुलेन्स र विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने बताएका छन् ।
वडाध्यक्ष भएपछि राज्यबाट प्राप्त सेवासुविधाको रकम सामाजिक बालबालिकाको क्षेत्रमा शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्च गरेका बानियाँले बालज्योति उमाविलाई श्री लक्ष्मी आधारभुत विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उपलब्ध गराएका थिए ।
बानियाँ भन्छन् ‘हेटौंडा सुन्दर सहर हो । यसलाई अझै सुन्दर र समृद्ध बनाउने छौं। वडाध्यक्ष भएर काम गरिरहदा कतिपए नगरमा भएकोकामहरु गर्ने चाहाना भइरहदापनि हेर्नुपने अवस्था थियो । उपमहानगरमा अब देखेका समस्याहरु समाधानमा अहोरात्र खटिने छु । स्वास्थ्य अध्ययन गर्ने गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजना छ । ५ नम्बरको वडाध्यक्ष भएर पनि जनताको गुनासो समस्या र वडामा परेको हरेक काम गरेर जनतालाई वा भन्ने गरिकाम गरेका कारण जनताकै चाहानमा उम्मेदवारी दिएको छु । तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबको अध्यक्ष भएर काम गरें । पिप्ले युवा क्लबको अध्यक्षहुँदा पनि पिप्ले क्याम्पा रंगशालाको काम अगाडि बढाएका थियौं । अब उपमहानगरमा गर्नुपर्ने काम जनताले भने जस्तै काम गर्छौँ ।”

















प्रतिक्रिया दिनुहोस्