बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।

यसैविच नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिकाको नेकपा एमाले तर्फका मेयर पदका उम्मेदवार अनन्त पौडेलले जनताको मन जित्नेगरिनै काम गर्ने बताइरहेका छन्।

देशैभरी ‘क्रेज’बढेको ठोकुवा गर्दै बिभिन्न पार्टी त्यागेर एमालेमा प्रवेश  गर्नुले पनि प्रष्ट पारेको उल्लेख गर्दै देशको स्वाधिनता, राष्ट्रियता र विकासको लागि एमालेनै आउनुपर्छ भन्ने प्रष्ट भएको र विजयी हुनेमा आफुहरु विश्वस्त रहेको पौडेलको धारणा छ ।

एमालेले हेटौंडाबासीहरुको आधारभूत जनतामाझ रहेर जनतार्कै कामगर्ने एमाले बाहेक अरु कुनैदल नभएको भन्दै उपमहानगरमा खानेपानी, स्वास्थ्य,शिक्षा लगायतका क्षेत्रमा निकै काम अझै पनि जनताले एमाले मै आशावादी रहेको दावी गरेका छन् ।

जनताको बिचमा रहेरनै मकवानपुरलाई पर्यटकीय स्थलहरुको भ्रमण गर्न सक्ने ब्यवस्थाहरु मिलाउने लगायतका योजना अघि सारिएको जनाएका हुन् ।

उनले अहिले एमालेको विरुद्धमा उत्रिएको गठबन्धनलाई एमालेले गरेको कामले जनता आर्कषितभएका ले डर रहेको र एमालेमै जनतको विश्वास रहेको बताउछन् ।

पौडेल भन्छन् “हेटौँडा उपमहानगरलाई एमालेले आफ्नो ‘लाल किल्ला’को रुपमा मानिन्छ । हेटौँडा एमालेको ‘लाल किल्ला’ नै हो । बहुदल स्थापनापछि निर्वाचनमा एमालेले मेयर र उपमेयर सहित बहुमत वडा आफ्नो पक्षमा पार्दै आएको हो । २०४९ र २०५४ मा डोरमणी पौडेलले नेतृत्व लिएको हेटौँडामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि जनताको एमाल प्रतिनै विश्वास रहयो ।निर्वाचनमा एमाले विरुद्ध गठवन्धन गरेको भएपनि एमाले एक्लै बलियो छ । हामीले यो विश्वासलाई कायम राख्न अहोरात्र जनताकै काम गर्छौं । यसपटक अधिकार सहित काम गर्न उम्मेदवारी हो । हेटौँडालाई उत्कृष्ट नगर बनाउने काममा एमाले बाहेक अरुले सक्दैन भन्ने हेटौँडाका नागरिकले बुझ्नुभएको छ ।”

 

मेयरका लागि  गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मिना कुमारी लामा नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह दलहरुको पक्षबाट  उम्मेदवारको त्रिपक्ष भिडन्तका विचमा  मेयरका लागि स्वतन्त्र उम्मेद्वार बन्दै लिलाकुमारी आचार्य बबिता पनि मैदानमा छिन् ।