बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलतर्फबाट उम्मेदवारी दिएका उम्म्ेदवारहरु चुनाव केन्द्रित रहेर प्रचार प्रसार कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
आफ्ना योजना सुनाउदै घरदैलो अभियानलाइ निरन्तर दिदै घरघरमा पुग्ने सल्लाहा सुझाव लिने र आाफुले गर्ने कामको प्रतिवद्धता जनाउदै आईरहेका छन् ।
यसैक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट मनहरी गाउँपालिकाका उपाध्यक्षको उम्मेदवार रेखा पुलामी मगर घलान “रेखा” ले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्ध जनाउदै े विभिन्न स्थानमा पुगेकी छन् ।
२०४३ सालमा जन्मेको रेखा २०५७ सालमा देश र जनताको लागी काम गर्छुभन्दै पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीको जनयुद्धमा होमिएकी थिईन् । २०५८ सालमा तत्कालिन शाही सेनाले गिरफ्तार गरि दर्जननौ देशद्रोहीको आरोप लागेर पक्राउ परि चरम यातना खादा पनि न आत्तिएर २०६३ सालको बिस्तृत शान्तिसम्झौता पश्चात् रिहाई भएर पनि हर समय जनताकैलागि काम गरेको रेखा बताउछिन् ।
माओवादीक केन्द्र बागमती प्रदेश कमिटी सदस्य समेत रहेको रेखालाई गठबन्धनबाट मनहरी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनाएपछि बिभिन्न कार्ययोजना अघि सारेकी छन् ।
स्थानीय तहको निर्वाचनको प्रचार – प्रसारको क्रममा विभिन्न स्थानमा पुगेर स्थानीयहरु संग साक्षत्कार गर्दै सुकुम्बासी र अव्यवस्थित बस्तीलाई ब्यबस्थापन गर्न पालिकालाई समृद्ध बनाई आर्थि आयआर्जनको बिकल्पका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।
उम्मेदवार रेखा “भन्छिन् हिजो पनि हामी जनताकैलागि भनेर काम गरेका हौँ । हाम्रो क्नै स्वार्थ छैन । आजपनि जनताकै र भोलीपनि जनताकै काम गर्ने हो । जनतकै सपना सोच बिचार अु्सार योजना ल्याई जनतालाई सुखी खुसी राख्न र समृद्ध पालिका बनाउन हामी हर समय काम गर्छौ ।”














प्रतिक्रिया दिनुहोस्