बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामा र उपमेयरमा राजेश बानियाँ रहेका छन् ।
२०७४मा निर्वाचित उपमहानगरको उपमेयर लामा नेकपा एकीकृत समाजवादीबाट र नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बनेका हुन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा मंगलबार एक कार्यक्रमकाबीच प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ ।
यस्तो छ प्रतिवद्धता पत्र ।
कार्यक्रममा गठबन्धन उम्मेदवार मीना लामा, राजेश बानियाँ, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीका नेता केदार न्यौपाने, विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकी नेतृ प्रमिला पुलामी, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामालगायतको उपस्थिति रहेको थियो ।
स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु लामा र बाँनिया टोलीनै आफ्नो कार्य योजना सहित घरदैलो अभियानमा पनिदौडिएका छन् ।
स्थानीय निर्वाचन : हेटौंडा उपमहानगरमा गठबन्धनको उम्मेदवार लामा र बानियाँ क्रेज

















प्रतिक्रिया दिनुहोस्