बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु निर्वाचनलाई मध्यनर गर्दै काम गरिरहेका छन् ।
स्थानिय तह निर्वाचनका लागि गरिएको गठबन्धनका विषयमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतमले मुलुकलाई भष्मासुर प्रवृत्तिबाट बचाउन बनेको बताए ।
मकवानपुरको बकैया स्थित धनेश्वर पार्कमा आयोजित काँग्रेस, माओवादी केन्द्रको संयुक्त आयोजनमा गरिएको गॅाउपालिका स्तरीय
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता गौतमले यस्तो बताएका हुन् ।
उनले विगतमा “प्रतिगमनका मतियारहरुलाई सडकबाट जवाफ दिएर यसपटक चुनावबाट पनि जवाफ दिनकालागि भावना अनुरुप एकताबद्ध भएर गठबन्धन गरिएको बताए ।
कार्यक्रमका अध्यक्षका उम्मेद्वार धर्मराज लामिछाने र उपाध्यक्षका उम्मेद्वार भक्तबहादुर खत्री नेकपा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य लक्ष्मी माझी नेपाली कॅाग्रेसका क्षेत्रीय सभापति एवं गॅाउपालिका अध्यक्ष दामोदर खनाल माओवादी केन्द्रका जिल्ला सदस्य लोकनाथ गौतम नेपाली कॅाग्रेसका क्षेत्रीय सचिव भूमिनन्द गौतम लगायतले गठबन्धनको महत्व जनताले पनि बुझेका कारण गठबन्धनको जीत सुनिश्चत रहेको बताए।
गठबन्धनको तर्फबाट बकैयाको अध्यक्षमा नेपाली कॅाग्रेसका जिल्ला उपसभापति धर्मराज लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य एवं बकैया गॅाउपार्टी अध्यक्ष भक्तबहादुर खत्री उम्मेद्वार भएका हुन्। बकैयाको १२ वटा वडा मध्ये वडा नं. १० र १२ गठबन्धन बनाए पनि बॅाकीमा भने स्वस्थ प्रतिष्पर्धा रहने नेकपा माओवादी केन्द्रका गॅाउ कमिटी सचिव विमल नेपालले बताए।
सोही क्रममा मतदाता शिक्षामा जोड दिन पर्ने उल्लेख गरेका थिए ।
नेपाली कॅाग्रेसका बकैया सभापति दिलबहादुर घिसिंगको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रिन, जीवन गोले, जिल्ला नेताहरु परशुराम गौतम, रामहरी गौतम, अमर स्यांतान नेपाली कॅाग्रेसका नेता हरु लगायतको उपस्थिति रहेको थियो।

















प्रतिक्रिया दिनुहोस्