बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरू चुनाव केन्द्रित रहेर प्रचार प्रसारमा दौडिएका छन् । कार्यक्रमलाई तीव्रता दिदै गईरहेका छन् ।
पदका लागि उम्मेदवारी दिएका उम्म्ेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको दावी समेत गरिरहेका छन्।
यसैविच स्थानीय तहको निर्वाचनमा मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्षका उम्म्ेदवार संजीव पाठक घरदैलो अभियानमा लागेका छन् ।


मनहरी ३ को विभिन्न टोलको घर घरमा त्यहाँको समस्याबारे जानकारी लिदै हर समय जनतामाझै हुने प्रतिवद्धता सहित मत मागिरहेका छन् ।
घरदैलो कार्यक्रममा जनताको समस्याबारे सुझाव लिएर पाठकले भने

‘जनताले पटक–पटक जिताएका उम्मेदवारहरुबाट धोका मात्रै पाउनु भयो । अब चुनाव जितेर जनताको पक्षमा काम गर्छु ।’

जनताका पक्षमा काम गर्ने पार्टी माओबादीको तर्फबाट मेरो उम्मेदवारी हो । मलाई काम गर्ने मौका जनताले दिनुहुन्छ भन्न्े विश्वास छ ।

 

स्थानीय निर्वाचन : माओवादी केन्द्रले मनहरी ३ को वडाध्यक्षमा पाठकलाई अघि सार्यो