बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार हरुले आफुले गर्ने कार्य योजना सहित घरदैलो अभियान अघि सारेका छन् ।
यसैक्रममा स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँ पालिकाको उपाध्यक्षमा नेकपा माओबादी केन्द्रको तर्फबाट मानकुमारी पाख्रिन नेपाली आशा उपाध्यक्ष पदको उम्मेदवार बनेकी छन् ।

राजनीति व्यवसाय होईन सेवा हो र जनप्रतिनिधि शासक होईन सेवक हो भन्दै सत्ता गठबन्धनबाट उपाध्यक्ष पदको साझा उम्मेदवार बनेकी हुन् ।

मानकुमारी पाख्रिन नेपाली (आशा) को हुन ?

जनयद्धका सहिद रुद्र पाख्रिनको बुहारी सामाजीक सेवा र जनताको कार्यमा अग्रसर रहने मानकुमारी वि.सं. २०४० साल आसर २९ गते मकवानपुरको हटियामा जन्म भएको हो ।

२०५६ सालदेखि तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठनमा सचिव हुँदै राजनीतिक यात्रासुरु गरेकी थिईन् भने विद्यार्थी संगठनमा सक्रिय भएर कक्षा १० मा अध्ययनरत् अवस्थामै २०५७ भदौमा तत्कालिन शाही सेनाले पक्राउ गरेपछि ४ महिना जेल जीवन समेत बिताएकी थिइन् ।

२०५८ मंसीर देखि देशमा संकटकाल लागु भएपछि मुलुक परिवर्तनका लागि भन्दै भुमिगत भएर माओवादीकै नेतृत्वमा मकवानपुर र धादिङ जिल्लामा पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गरिन् ।

२०५९ मा जनतालाई जागरुक गराउन भुमिगत रुपमै माओवादीले संचालन गरेको रेडियो जनगणतन्त्रमा कार्यक्रम प्रस्तोता र प्राविधिकको रुपमा पनि काम गरिन् ।

२०५९ सालमा नेकपा माआवोदीको मकवानपुर जिल्लाको सदस्य बनेर २०६४ सालमा तत्कालिन मकवानपुरगढी गाविसका भीम पाख्रिनसँग जनवादी विवाहमा बधिएको बताइन् ।

दुवै माओवादी जनयुद्धमा होमिका हुन भने श्रीमान् पाख्रिन अहिले नेकपा माओवादी केन्द्र मकवानपुर सचिव छन् भने एक छोरी र एक छोरा रहेको मनकुमारीले आफु कहिले पनि व्यक्तीगत स्वार्थमा नरहेको बताउछिन् ।

निरन्तर राजनीतिमा सक्रिय रहेको छु । २०६४ मा हेटौडा नगर सेक्रेटरी र क्षेत्रीय ब्यूरो सदस्य पदमा रहेर काम गरेकी हुन् ।

उनि भन्छिन् “विसं २०७४ को प्रदेश र संघीय निर्वाचनमा बागमती प्रदेशबाट दलितको तर्फबाट समानुपातिकको उम्मेदवार बनेर मत प्रतिशत नपुगेका कारण निर्वाचित हुन सकीन ।२०७८ को नेकपा माओवादी केन्द्रको केन्द्रीय अविधेशनबाट केन्द्रीय सदस्य चयन भएँ । सामाजीक सेवा र जनताको कार्यमा अग्रसर रहने प्रतिवद्धता सहित मेरो उम्मेदवारी हो ।”

 

उपाध्यक्षको उम्मेदवार भई रहँदा उहाँले आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नु भएको छ । यस्तो छ मानकुमारीको चुनावी प्रतिबद्धता

राजनीति व्यवसाय होईन सेवा हो । जनप्रतिनिधि शासक होईन सेवक हो ।
(के तपाईहरु समस्यामा हुनुहुन्छ ? म त्यही हुनेछु ।)

१)         जनप्रतिनिधि भईसकेपछि सबैको साझा बनेर काम गर्नेछु ।
२)         जातीय, क्षेत्रीय, धार्मिक र राजनीतिक आस्थाको आधारमा कसैलाई भेदभाव गर्ने छैन ।
३)         बिकास बजेटलाई सबै वडाहरुमा समान रुपले बितरण गर्नेछु ।
४)         प्रदेश र संघीय सरकारबाट प्राप्त हुने बिकास बजेट सबै वडाहरुमा सन्तुलित बितरण गर्नेछु ।
५)         मकवानपुरगढी गाउँपालिकाको सबै वडाहरुलाई भावनात्मक रुपमा एकबद्धता बनाउन पहिलो बर्षमा नै वागमती                    प्रदेशको  राजधानी तथा मकवानपुरको मुकाम हेटौंडासम्मको सडकलाई प्राथमिकताका साथ निर्माण गर्नेछु ।
६)       पालिकाको सबै वडामा विद्युत्, खानेपानीलगायत भौतिक पूर्वधारको क्षेत्रमा जनताको माग र आवश्यकताको आधारमा             काम गर्नेछु ।
७)       किसानको सबै समस्या हल, समयमै बिउ र मलको अवधारणा लागु गर्नेछु । साथै किसानको उत्पानलाई सहज                           बजारीकरणका लागि ठोस काम गर्नेछु ।
८)      महिला सशक्तिकरणको कार्यक्रम लागु गर्नेछु । महिलाहरुलाई जागरुक र सक्षम बनाउन योजनासहित काम गर्नेछु ।
९)      एकल महिलाहरुलाई व्यवसाय तथा आयआर्जनमा प्रोत्साहन अनुदानको व्यवस्था गर्नेछु ।
१०)     छात्र उच्च शिक्षा अनुदान कार्यक्रम लागु गर्नेछु ।
११)     बालबालिकासँग गाउँपालिका कार्यक्रमको अवधारणा ल्याउनेछु ।
१२)    गाउँपालिका उपाध्यक्षसँग “छोरी पढाउ मनोवल फेरिन्छ’ कार्यक्रम लागु हुनेछ ।
१३)    पालिकाको आन्तरिक आयबाट प्राप्त रकम शैक्षिक क्षेत्रमा लगानी गर्नेछु ।
१४)     एकल महिला, सुत्केरी, वृद्धवृद्धा,अपाङ्गता भएका व्यक्ति र असायहरुका लागि निःशुल्क एम्बुलेन्स र उपचारको                        व्यवस्था  गर्नेछु ।
१५)    पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि सामुहिक आवास गृहको व्यवस्था गर्नेछु । ५०५ अपाङ्गता भएको हकमा सक्ने             सिप सिकाई उत्पादनको काममा लगाईनेछ ।
१६)   पालिका स्तरमा खेलकुद एकेडेमी बनाई वार्षिक रुपमा व्यवसायीक खेलाडीहरु उत्पादन गरिनेछ ।
१७)   खेलकुद युवाको शान, बढ्नेछ हाम्रो स्वाभिमान कार्यक्रम लागु गर्नेछु ।
१८)   हरेक माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिमको ब्यस्था गर्नेछु ।
१९)   जनयुद्ध, जनआन्दोलनका सहिद परिवारको लागि बिशेष कार्यक्रम बनाउनेछु ।
२०)    गाउँपालिका भरिका दलित विद्यार्र्थीहरुका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नेछु साथै वार्षिक एक जोर पोशाक                    निःशुल्क उपलब्ध गराउने व्यवस्था
२१)    दलित समुदायलाई व्यवसायिक बनाउन उद्यमशिलता तालिम र अनुदान उपलब्ध गराईनेछ ।
२२)    महिलाहरुले सुरु गरेको व्यवसायलाई प्रोत्साहन रकम उपलब्ध गरिनेछु ।
२३)    महिला सहकारी प्रबद्र्धन कार्यक्रम संचालन गरिनेछ ।
२४)   सरकार, सहकारी र निजी क्षेत्र साझेदारीमा उद्योग सञ्चालन गरि रोजगारी सिर्जना गर्नेछु ।
२५)    एक घर, एक रोजगारको नीति अबलम्बन गर्नेछु ।
२७)    न्याय सेवालाई सबैको पहुँचमा बिस्तार गर्नेछु ।
२८)    सबै धर्म प्रति समान भाव राख्ने छु र सबै धार्मिक स्थलहरुको विकासमा उत्तिकै जोड गर्नेछु ।
२९)    मकवानपुर गढी गाउँपालिकामा ५९५ जनजातीको बस्ती रहेकोले सोही अनुरुप समुदायको सामाजिक, आर्थिक,                       सांस्कृतिक विकासको योजना निर्माण गर्नेछु ।
३०)    यस गाउँपालिकाको भौगोलिक अवस्था अनुरुपको पर्यटन क्षेत्रको विकासमा ध्यान दिनेछु ।
३१)     मनकामना मन्दिर, रुद्र स्मृति पार्क, विजय पार्क, ऐतिहासिक मकवानपुर गढी दरबार, ढुङगे गढी हँुदै बुढीचौरको                  ऋषेश्वर गुफा सम्म पर्यटकिय मार्ग बनाउँदै नमुना पर्यटकिय स्थलको रुपमा विकास गर्नेछु ।
३२)   पालिकाका सडकको दुई तिर बिरुवा रोपी हरित सडकको रुपमा विकास गर्नेछु ।
३३)     मकवानपुरगढी गाउँपालिकाको वडा नं.५ र ६ चट्याङ्कको उच्च जोखिममा रहेको हुँदा विज्ञहरुको सुझाव अनुसार                     न्यूनिकरणको कार्यक्रम बनाउने छु ।
३४)    गाउँ फर्कौं, जमिन जोतौं, उत्पादन बढाऔं कार्यक्रम ल्याउनेछु ।
३५)    उत्पादन पकेट क्षेत्र बनाई लागानी व्यवस्थापन गरिनेछ । उपाध्यक्षमा निर्वाचित भए आफुले पाउने पारिश्रमिकको ४०                 प्रतिशत छात्राहरुको पढाईमा खर्च गर्नेे छु ।
३६)   पालिकामा रहेको भाषा, संस्कृति र पर्यटकीय स्थलको विकास गर्नेछु ।
३७)   भाषा साहित्यको विकासका लागि पालिकास्तरिय प्रतिष्ठानको निर्माण गर्नेछु ।
३८)   युवालाई प्रविधिमा जोड्दै पशुपालन तथा कृषि उद्यममा लगाउने नीति ल्याउनेछु ।
३९)   सीप भएका तर लगानी गर्न नसक्नेहरुको पहिचान गरेर सीप अनुसारको व्यवसायका लागि प्रोत्साहन गर्नेछु ।
४०)  सामुदायिक विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नेछु ।
४१)   पालिकामै गुणस्तरिय स्वास्थ्य सेवा प्रदानका लागि अस्पताल निर्माण तथा स्तरिकरण गर्ने उपाध्यक्ष पदकी उम्मेदवार                   मानकुमारी पाख्रिन नेपाली (आशा) ले प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।

 

……………………………………………

उहाँ मकवानपुरगढी–३ मा रहेको भानु माविको अध्यक्ष, सहिद रुद्र पाख्रिन स्मृति पार्कको अध्यक्ष, श्रमिक सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको उपाध्यक्ष हुनुहुन्छ । आसन्न स्थानीय तह निर्वाचनमा उहाँ सत्ता गठबन्धनको तर्फबाट मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

…………………………………………….