स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै गएको छ  । यसैविच राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिदै गईरहेको छ ।

एउटै पार्टीबाटपनि बिभिन्न योजना सुनाउदै आफूनै योग्य भएको भन्दै अघि सरी रहेका छन् भने पदको आकांक्षी समेत देखिएका छन् ।

यसैक्रममा नेकपा एमाललेले निर्वाचनको लागि भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा बर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णय गरेको छ ।

भीमफेदी एमाले गाउँ कमिटी बैठकले लामा र रानालाई नै उठाउने गरि सर्वसम्मत निर्णय गरेको हो ।

गएको २०७४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेद्वार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए ।

उम्मेद्वार लामाले ३ हजार ८सय ४२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार रानाले ३ हजार ६सय९८ मत प्राप्त गरेका थिए ।

बर्तवान अध्यक्ष लामाले यसपालीको निर्वाचनमा आफूले चुनाब जितेमा सधै जनताको प्रतिनिधि भएर जनताकै लागि काम गर्ने बताए ।
ले पार्टिको निर्देशन अनुसारनै आफुले काम गर्ने प्रतिबद्धता पनि ब्यत्त गर्दै भीमफेदी गाउँपालिकामा जनताको आर्थिक निकास र सीप बिकासमा आफ्नो महत्त्वपुर्ण भुमिका रहने पनि उनको भनाई छ ।

शिक्षा र स्वास्थ्मा सहजको बातावरण बनाउने बिभिन्न स्थानमा सडक निमार्ण देखि भौतिक पुर्वाधारको बिकाशमा निकै काम गरिएको बताए ।
जनताकै सल्लाअ सुझाव र सोच चाहाना अनुसार काम गर्न सफल भयकै कारण पनि पार्टीले पुनः जम्मेदवारीमा जान लगाईएको उनको भनाई छ ।
अध्यक्षमा निर्वाचित भएपछि नागरिकहरुको समस्या समाधान गर्न गाउँपालिकाको नीति तथा योजना अघि सारेर विकास र निर्माणका कामहरुमा भौतिक पूर्वाधारहरु बाटो, पुल निर्माण, भवन निर्माण जस्ता कार्यहरुसंगै सामाजिक र आर्थिक परिवर्तनका लागि काम गरिएको बताए ।

शिक्षा क्षेत्रलाई अग्रभागमा राखि सुधार ल्याउन बालकेन्द्र देखि नै अंग्रेजी माध्यमको पढाई सुरु गर्ने पहल गरेर सिभिल सब–ओभरसियर शिक्षा प्रदान गर्ने कार्यगर्दै आइरहेको प्रत्येक वडा–वडामा प्राथमिक स्वास्थ्य इकाई राख्ने, महिला, दलित, शारिरिक अशक्तक भएका व्यक्ति, जेष्ठ नागरिक, जनजातिको हकमा समेत गरिएको बताएका हुन् ।

उनले भने “मरेको सरह भएको पालिकामा महिलाहरुलाई सिपमूलक तालिमको व्यवस्था गर्ने र पर्यटकीय क्षेत्रको विकासमा झर्ना व्यस्थापन, पिकनिक स्पोर्ट, बन्जीजम्प निर्माण कार्य पनि योजनामा ल्याययौँ । पालिकाको सबै तहका जनप्रतिनिधि कर्मचारी खटिएर  इतिहास, पुरात्विक महत्वलाई बचाउन काम गरियो । जनताको हितमा र निश्पक्ष ढङ्गले काम गर्ने पार्टी एमाले नै हो । गठबन्धनलार्इ पराजित गरि चुनाव जितेको आफैमा सक्षम र ठूलो पनि एमाले हो । यसपाली पनि जनताको रोजाइमा पर्ने छ । जित्नेपनि छ हामीले जनतालाई निरास नपारी काम गर्छौँ ।”