मकवानपुरको बागमती गाउँपालिकामा पर्ने जनता माविमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड गरेका छन् ।
वडा नम्बर–८ स्थित फापरबारीमा रहेको विद्यालयमाकक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले दुरव्यवहार गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् ।
विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले गलत नियतले छुने गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी समेत गरेका हुन् ।
माविका कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने बालिकामथि यौन दुर्व्यवहार भएको विद्यालयमै उजुरी दिएपनि उजुरीको सुनुवाई नभएको भन्दै तनावग्रस्त बनेको हो ।
आरोपित शिक्षकहरु विद्यालयमा आए पढ्न जान नसक्ने मनस्थितिमा रहेको भन्दै तत्काल ति शिक्षकहरुलाई निष्काशनको माग समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय फापरबारी प्रमुख कमलकुमार लुङ्गेली सहितको प्रहरी टोली घटना स्थल पुगेका थिए ।
उनले दिएको जानकारीअनुसार हाल आरोपित शिक्षक बिदामा बसेका छन् भने हाल सम्म विरुद्ध प्रहरीमा कुनै नआएको जाहेरी आएमा अन्य विषयमा जानकारी हुने बताएका हुन् ।























प्रतिक्रिया दिनुहोस्