नेपाल कथबानिया सेवा समाज, मकवानपुरको अध्यक्षमा राजेश कुमार् बनिया चयन भएका छन्।
शनिबार जिल्लामा आयोजना गरिएको प्रथम भेलामा गरिएको जिल्ला कार्यसमितिको उपाध्यक्षमा अनिल कुमार बनिया, सचिवमा बिरेन्द्र प्रसाद बनिया, सह सचिवमा अनिल बनिया, कोषध्यक्षमा सुनिल कुमार बनिया चयन भएका छन् ।
त्यस्तै गरि सदस्यहरुमा रामेश्वर दाश, दिनेश दाश कथबानिया, दिपक साह बनिया, रामएकबाल दाश, दिपक कुमार साह, सचेन्द्र दाश, प्रितम बनिया, पुनम बनिया,चन्द्रकला देबी र मञ्जुदेबी रहेका छन् ।
केन्द्रिय अध्यक्ष रञ्जन दाश केन्द्रिय कोषध्यक्ष महेन्द्र दाश, केन्द्रिय सह कोषध्यक्ष राम सेवक दाश. नेपाल भारत मैत्रीसंघका केन्द्रिय कोषध्यक्ष प्रविण मैनाली लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल कथबानिया सेवा समाजका केन्द्रिय अध्यक्ष रञ्जन दाशसहितको रोवहरमा कार्यसमिति चयन गरिएको हो ।
शनिबार आयोजित कार्यक्रममा नेपालमा पनि आफ्नो जातिको एकता गर्न र धर्म संस्कृतिको जर्गेना गर्नका लागि काम गर्नु पर्ने केन्द्रिय अध्यक्ष रञ्जन दाशले बताए ।
सधै आफ्नो जात धर्म र संस्कृतिका लागि काम गर्नका लागि केन्द्रको भरपुर सहयोगर्ने प्रतिवद्धता जनाउदै अतिथिहरुले सफल कार्यकालको शुभकामना दिए।














प्रतिक्रिया दिनुहोस्