नेपाल मानव अधिकार संगठन, मकवानपुरको नवनिर्वाचित सभापति शर्मिला श्रेष्ठ सहित पदाअधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

गएको चैत ५ गते सभापतिमा शर्मिला श्रेष्ठ सहित सर्वसम्मत  नव निर्वाचित ११ जना पदाधिकारीहरुलाई पदभार ग्रहण गराईएको हो ।

शनिबार आयोजना गरिएको पदभार ग्रहणमा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहालद्धारा सदस्य प्रमाण पत्र ग्रहण गर्दै निर्वाचित पदाअधिकारीहरुले नामको अघाडी अधिकारकर्मी जोडिएका कारण सधैनै मानव हकहितमा कामगर्नै प्रतिबद्धता जनाए ।

निवर्तमान सभापति अप्सरा बस्नेतले नवनिर्वाचित अधिकारकर्मीहरुले इमान्दार भएर काम गर्नेमा विश्वास रहेको बताईन् ।

सोहीक्रममा संस्थापक अध्यक्ष र हालका सल्लाहाकार समेत रहेका कृष्ण प्रसाद दाहालले मानव हकहितमा सधै नेपालको कानुन अनुसार  पदाधिकारहरु संग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताए ।

नेतृत्वमा रहेको प्रमुखको मात्र सबै जिम्मेवारी नभएर सबैको अहम भुमिका भएमा मात्र मानवको हकहितमा काम गर्न सकिने भएका कारण एक जुट भएर काम गर्न सुझाव दिए ।

त्यस्तैगरि सल्लाकारहरु बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवालले पनि संगठनको  निम्ति काम गर्नलाई आफ्नो तर्फबाट सहयोग रहने बताए ।

विसुद्ध मानव अधिकार संग जोडिएको संगठन भएको र यसमा कुनैपनि समयमा पार्टीका कुरा नगरी राजनिति विषय नबनाई सधै निश्पक्ष काम गरिनुपर्ने सल्लाकारहरुको भनाई छ ।

यसैक्रममा सभापति  श्रेष्ठले सबैले विश्वास गरि चुनेकोमा विश्वास अनुसार संगठनको बिद्यान र नेपालको कानुनको दायरामा रहेर मानव कल्याण र हकहितमा काम गर्ने बताईन् ।

यो संघर्षको मैदान भएको र एक्लै काम गर्न नसकिने भएकाले सबैको साथ सहयोग सधै आवाश्यक रहने बताईन् ।

कार्यक्रममा उप सभापति राजबाबु पहाडी सचिव सुवास चन्द्र अधिकारी, सहसचिव मञ्जु खराल, कोषाध्यक्ष सुमित्रा थिङ सदस्यहरुअपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापाको उपस्थिती रहेको थियो ।