मकवानपुरगढी गाउँपालिकालाई नेपालमै चौथो स्थानीय शासन युक्त बालमैत्री घोषणा गरिएको गरिएको छ ।
गाउँपालिकाअध्यक्ष विदुर हुमागाईको सभाध्यक्षता बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बाल मैत्री घोषणा गरिएको गरिएको हो ।
सुरुमा ३९ वटा सुचकमा काम गरेको भएपनि हाल ५१ वटा सुचकहरु पुरा गरेर गाउंपालिका वडा नम्बर ५ श्री शारदा मा.बि. को खेल मैदानमा मैत्री घोषणा गर्न सफल भएको अध्यक्ष विदुर हुमागाईले बताए ।
उनले यो कार्यमा सबैको साथ सहयोगले सफल भइएको बताए ।
अध्यक्ष हुमागाईले भने आज हामीले मैत्री घोषणा गर्न सफल भएका छौैँ । एकल प्रयासले यो सम्भव थिएन् ।
कसरी भयो त बाल मैत्री घोषणा ?
हेर्नुहोस् जानकारीका लागि भिडियो ।।
यसैक्रममा गाउँपालिकाले चैत १३ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
चैत १२ गते शनिबार पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको अवसरमा पालिकाले एक सुचना जारी गर्दै आइतबार बिदा दिइएको जनाइएको छ ।























प्रतिक्रिया दिनुहोस्