मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान, स्वास्थ्य, सुरक्षा तथा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

स्थानीय सरकारको रुपमा स्थापित गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान” भन्ने नारालाई आत्मसात गर्दै वार्षिक कार्यक्रम नै सञ्चालन गर्दै आएको छ ।

जाडोको समयमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका असहाय एकल महिला र दलित तथा “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वाथ्य परिक्षण, औंषधी र न्यानो कपडा वितरणसँगै खाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिका अध्यक्ष जीवन लामाले बताएका छन् ।

गाउँपालिकाले यहि पौष १ गतेदेखि ५ गतेसम्म लगातार वडा नम्बर १ देखि ५ सम्ममा क्रमशः १ सय ४०, १ सय २४, १ सय ४७, ७७ र १ सय १८ गरी औपचारिक कार्यक्रम मार्फत नै ६ सय ६ जनालाई न्यानो कपडाहरु वितरण गरेको बताएका छन् ।

गाउँपालिकाले आन्तरिक बजेटको व्यवस्था गरी जेष्ठ नागरिकको कार्यक्रमलाई दिगो रुपमा जाने कार्यक्रमको रुपमा निर्धारण गरेको र यस आर्थिक वर्षमा ६ सय ६ जनालाई न्यानो कपडा वितरण गरेको र झण्डै ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको बताए।
गाउँपालिकाको तर्फबाट निःशुल्क स्वास्थ्य परिक्षण गर्ने र औषधी वितरण समेमेत गरेको बताएका हुन् ।

५ वटै वडामा सञ्चालित कार्यक्रम अन्तर्गत सम्पूर्ण जेष्ठ नागरिकहरु प्रति गाउँपालिका सँदैब जेष्ठ नागरिकको साहारा बनेर रहने गाउँपालिका अध्यक्ष लामाको भनाई छ ।