
हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान २०८१ अन्तर्गत गएको फागुन ११ गतेदेखि सुरु भएको नागरिक हस्ताक्षर अभियान आज सोमबार सम्पन्न भएको छ ।
हेटौंडा अस्पताललाइ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिन हुदैन भन्दै विशालराज महतको संयोजनमा सुरु भएको हस्ताक्षरमा ४ हजार नागरिकको हस्ताक्षर संकलन गरिएको बताइएको छ ।
नागरिकको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने माग सहित नगरिकको विचार समेत लिएको अभियानकर्ताहरुले बताए ।
हेटौंडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्ने माग गरिरहेको संयोजक विशालराज महतले बताए ।
अस्पताल परिसरमा चलाएको ७ दिने नागरिक हस्ताक्षर अभियानको समापन गर्दै संकलन गरिएको हस्ताक्षर बागमती प्रदेशका मुख्यमन्त्रीलाई र जिल्ला प्रशासन मकवानपुरमा प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई बुझाइने संयोजक महतले बताए।
अभियन्ताका रुपमा रहेका संयोजक महत, सहित हेटौंडा अस्पताल बिकास बोर्डका पुर्व अध्यक्ष प्रकाश पौडेल,वरिष्ठ अधिवक्ता केशव गौतम राजनीति दलमा आवद्ध व्यक्तीत्वहरु लगायतले सर्मथन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्