
मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार १७ औं संस्करण सम्पन्न भएको छ ।
तेक्वान्दो संघको आयोजनामा शुक्रबार र शनिबार २ दिनसम्म सञ्चालन भएको हो ।
मकवानपुरका २४ वटा डोजाङ बाट ३ सयजना खेलाडी सहभागिता जनाएका हुन् ।
प्रतियोगितामा जनज्योतिले ७ स्वर्ण २ रजत ४ कास्यसहित टिम प्रथम हुन सफल भएको छ ।
१६ औँ संस्करण जिल्ला तेक्वान्दो प्रतियोगितामा पनि जनज्योति प्रथम भएको थियो भने ५ स्वर्ण ४ रजत र २ कास्य सहित भीमफेदी तेक्वान्दो डोजाङ दोस्रो र ३ स्वर्ण ४ रजत र ६ कास्यसहित मकवानपुर तेक्वान्दो डोजाङ तेस्रो भएको छ ।
प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद १५ हजार, १० हजार र ८ हजार रुपैयाँसहित शिल्ड प्रदान गरिएको हो ।
त्यस्तैगरि पुरुषतर्फ हेटौंडा–४ स्थित कर्रा डोजाङका सुजित माझी र महिलातर्फ जनज्योति डोजाङकी कृषिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी भएका छन् ।
सुजित र कृषिकालाई नगद ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
पुरुषतर्फ जुनियर १८ केजी देखि सिनियरमा ६७ केजी तौल समूह र महिलातर्फ १७ केजी देखिबाट ६६ केजी तौल समूहमा विजयी भएका खेलाडीलाई संघका अध्यक्ष लाकाजी रत्नबज्राचार्यको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा विजेता, उपविजेता र तेस्रो स्थानमा पर्ने टिमलाई पुरस्कार प्रदान गरिएको हो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइराला, हेटौंडा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा लगायतको उपस्थितिमा समापन कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्