
बागमती प्रदेशको राजधानी हेटौंडामा यामाहा कम्पनीको बिक्रेता राज मोटर्स सोरुमले यामाहा स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
सोही प्रतियोगिता अन्तरगर्त यामाहाको रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटरको माइलेज च्यालेन्जमा हेटौंडाकी सेफाली भट्टाचार्य प्रथम भएकी छिन् ।
२४ जना सहभागी प्रतियोगितामा भट्टाचार्य ७३.३३ किलोमिटर प्रतिलिटरको माइलेजसहित विजेता घोषित भएकी हुन् ।
त्यस्तैगरि शम्भु प्रसाद खनाल द्वितीय सुजन घिमिरे तृतीय भएका हुन् ।
हेटौंडा – ४ रानीदरबार अघाडी रहेको सोरुमका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए अनुसार सोरुमकै भवनबाट हेटौंडा उपमहानगरका विभिन्न भागको परिक्रमा गर्दै मकवानपुरगढीमा रहेको होटल गढी भ्यु एन्ड रिसोर्टसम्म र्यालीको आयोजना गरी माइलेज च्यालेन्ज गरिएको हो ।
२५ किलोमिटर परिक्रमा गरेर गढी भ्यु रेष्टुरेन्टमा समापन गरिएको सञ्चालक श्रेष्ठले बताएका हुन् ।
वार्षिक दुईपटक यस प्रकारको माइलेज च्यालेन्ज गर्दै आएको सकेत जानकारी दिए ।
साथै छिट्टै यामाहाका मोटरसाइकल चालकहरूका लागि पनि कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्