हेटौंडा – अखिल नेपाल खेलकुद महासंघ जिल्ला समिति मकवानपुरले पालिका, वडा कमिटी बिस्तार तथा विधागत खेलकुद समिति बिस्तारका विषयमा छलफल गरेको छ ।
नेकपा माओबादी केन्द्र निकट महासंघले खेलकुद र खेलाडीलाई मध्यनजर गर्दै बिभिन्न खेल क्षेत्रकैलागि समिति बिस्तार लगायत महत्त्वपूर्ण प्रस्तावहरुमा छलफल गरिएको महासंघले जनाएको छ ।

यसैविच बागमती प्रदेश सचिवालय सदस्य तथा खेलकुद फ्रयाक्सन ईञ्चार्ज शुभ रत्न गोलेले नातावाद र कृपावादमा नलागि खेल र खेलकुदक्षेत्रका लागि हरेक स्थानमा काम गर्न पार्टी सधैव तत्पर रहेको बताए । अहिलेको समयमा बिभिन्न खेल प्रतियोगिता भइरहेको अवस्थासंगै खेलक्षेत्रलाई अझ अघि बढाउन बिधागत खेलको निमित्पनि का गर्ने र पार्टीले दिने साग सहयोगमा कमी नहुने बताए ।

सोहीक्रममा मकवानपुर ईञ्चार्ज बिजय गौतमले सहि राजनीति भएमा भनेजस्तो काम हुने भएकाले यसमा ध्यान दिनुपर्ने बताए । हरेक कामको जिम्मेवारीमा हरेक नेतृत्व इमान्दारी हुनुपर्ने र हरेक क्षेत्रमा नीतिगत अनुसार काम हुने विश्वास रहेको गौतमले बताए ।

विगतमा के भयो भन्नु भन्दापनि अब एकता भएर काम गर्नुपर्ने र पार्टीसंग आवद्ध संगठन भएतापनि पार्टीको नभई समग्र जनताकै भएर काम गर्नुपर्ने गौतमको सुझाव छ ।

जिल्ला अध्यक्ष भोजराज पराजुलीको सभाध्यक्षता मकवानपुर ईञ्चार्ज बिजय गोैतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पाटीका बागमर्ती प्रदेश सचिवालय सदस्य ललित घलान, प्रदेश सचिवालय सदस्य तथा खेलकुद फ्रयाक्सन ईञ्चार्ज शुभ रत्न गोलेको विशिष्ट आतिथ्यता रहेको थियो ।