मकवानपुर – नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान मकवानपुरद्धारा वर्तमान अवस्थामा नेपालका उद्योग र औद्योगिक, मजदुरहरुको अवस्थाका विषयमा अन्तरक्रिया भएको छ ।  प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको सभाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बुधाबार आयोजित कार्यक्रम कर्मचार्य स्मृति प्रतिष्ठानका सचिव दिर्घनारायण भट्टराईले सञ्चालन गरेका थिए भने कार्यक्रममा नरबहादुर कर्मचार्यका जिवन र उनले मजदुरका निमित्त गरेका बिभिन्न गतिबिधिका बारेमा जानकारी गराइएको थियो । हरेक वर्ष मे १ मा मनाइने गरेको श्रमिक दिवसकै अवसर पारेर श्रमिकहरूको सम्मान गर्दै नरबहादुर कर्मचार्यले उठाएको आवजहरु सधै ताजा रहेको अतिथिहरुको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा मकवानपुरका इञ्चार्ज विजय गौतम, केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगर इञ्चार्ज प्रल्लाहद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु, प्रदेश सचिवालय सदस्य ललित घलान मकवानपुर संयोजक भिम पाख्रिन लयातको अतिथ्यता रहेको थियो ।