बागमती प्रदेशको राजधानी हेटौंडा–२ स्थित पल्पसा सदनमा मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिद्धारा चैत २ गतेदेखि सूरु भएको प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी समापन भएको छ ।

११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यक्ता” भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको घरेलु उत्पादनका सामग्री सहितको स्टल रहेको थियो।

मकवानपुर उद्योग बाणिज्य संघ महिला उद्यमी समितिले प्रकाशन गरेको स्मारीका समेत बिमोचन गरीएको थियो भने महिला उद्यमीहरुको वस्तु तथा सेवाहरु, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री,, स्थानीय कलाकारहरुको प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तरक्रिया लगायतको कार्यक्रम सहित मंगलबार समापन भएको हो ।

प्रदर्शनी–२०८० को समापन समारोहलाई संम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले नगरको विकास र समृद्धिका लागि आफु तत्पर रहेको बताइन् ।

नगरको विकासका लागि नियममा रहेर काम गरिरहेको र काम गर्नेक्रममा हुने गरेका तिता कुराहरु भएपनि मनमा दख नराख्न आग्रह गरिन्।

मेयर लामाले भनिन् “मेला र भेलाले उत्साह थपिएको छ, रानीलाई ओगटेर माहारानी बन्नुस् साथ छ ।”

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, महिला उद्यमी समितिका सभापती अंकिता सुमार्गी, मउवा संघका पुर्व अध्यक्ष अरुणराज सुमार्गी, लगाएतको आतिथ्यता रहेको थियो ।