बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको बुद्धपार्क रमणिय स्थलका रुपमा परिचत बन्दै गएरहेको छ ।
हेटौंडा – ११ स्थित राप्ती पुल नजिकै रहेको बुद्धपार्कमा दृष्य अबलोकन गर्न र रमाउँन बजार वरपरबाट बिभिन्न व्यक्तीहरु आउने गरेका छन्।
सो बुद्ध पार्क बिकास समिति समेत रहेको छ ।
नेतृत्वमा सिद्धिलाल श्रेष्ठ रहेका छन् । उपाध्यक्षमा केशव प्रसाद देवकोटा, सचिवमा शालिक राम पुडासैनी, कोषध्यक्ष राम कृष्ण श्रेष्ठ छन् ।
त्यस्तै गरि सदस्यहरुमा देबी श्रेष्ठ, सुमित्रा काफ्ले, शिव महर्जन, रुपक महत, विष्णु प्रसाद घिमीरे र सल्लाहकारमा हरिबहादुर महत छन् ।
हेटौंडा उपमहानगरपालिका द्धारा निमार्णको प्रक्रिया अघि सरेपछि सचित श्रेष्ठको संयोजनमा बुद्ध पार्क उपभोक्ता समिति गठन गरेर निर्माण सुरु गरिएको हो । निर्माण भएपछि २०७९ साल जेठ २ गते सोही समयका मेयर हरि बहादु महतले उद्धघाटन गरेका हुन् ।
सोही बुद्ध पार्क समितिका सल्लाहकार समेत रहेका हरिबहादुर महतले दिएको जानकारी अनुसार खासै उपभोग नभइरहेको स्थललाई रमाउने स्थल बनाउनका लागि सो समयमा निर्माण गरिएको बताए ।
सडक विस्तारको प्रक्रिया अघि सरेपछि सडक मापन गरि केही बेर भएपनि आरामको थलो बन्ने सोचले सो समयमा निर्माण गरिएको महतले बताएका हुन् ।
सम्पुर्ण निर्माणका लागि उपमहानगरको लगानी भएतापनि बुद्धको मुर्तिका लागि समितिका अध्यक्ष सिद्धि लाल श्रेष्ठको लागत रहेको जानकारी दिए ।
सो स्थानमा भारतियहरु समेत आएर रमाउने गरेको बताए।
सोही विषयमा बोल्दै समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठले सो क्षेत्रमा गलत क्रियाकलाप हुने र डरलाग्दो भएकाले सो स्थानमा शान्ति क्षेत्र स्थल बनाउनका लागि आफ्नो तर्फबाट मुर्ति राखेको बताए ।
हिजो आज बिभिन्न व्यक्तीहरु उक्त स्थानमा पुगेर बुद्धको दर्शन गरेर र्फकनेहरुले प्रसंसा गरिरहेको बताए ।
नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले पनि जिवनमा कमाएको धन सम्पति साथमा लिएर जान नमिल्ने र यो कार्यको नाम भने साथमा जाने भन्दै खुसी व्यक्त गरेको बताएका हुन् ।
हेटौंडा बजार बाट पश्चिम तर्फ करिब १ किलो मिटरको दुरीमा रहेको राप्ती पुलको पुर्वतर्फ हेटौंडा १ र १० अनि पश्चिमतर्फ ११ नम्बर वडामा रहेको पार्क । छेउबाटै पर्यटकिय स्थल वडा नम्बर १ पाथीभरा मन्दिर पुग्न सकिने निकै रमणिय स्थल समेत रहेको छ ।
सो पार्कमा बसेर हेर्नै हो भने बगिरहेको राप्तीको पानी, पुल अनि सडक र गन्तव्यमा पुग्न कुदिरहेको सवारीको दृष्य देख्न सकिन्छ ।
संगै पार्कमै रहेको शान्किो सन्देश छरेका बुद्धको मुर्तिले जो कोहीको मनै लोभिन्छ अनि मनभरि शान्तिको अनूभूत हुन्छ। सोही कारण पनि बिहान बेलुकाको समयमा रमाउन आउनेहरले दृष्य अवलोकन गर्दै रमाउने र दृष्यलाई कैद गर्ने स्थल बनेको छ ।

















प्रतिक्रिया दिनुहोस्