हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित बौद्ध माणि समिति टासी हिशे गुम्बाको आयोजनामा दोर्जे फुर्पा(ब्रजकिलाया) पुजा र आर्य अपारमिताको पुजा हुने भएको छ ।
बौद्ध धर्मालम्बीहरु लक्षित गरी धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिन रिन्पोछेको उपस्थितीमा तीन पुजा कार्यक्रम गरिने भएको समितिका अध्यक्ष कालु घलानले बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै आउदो माघ १४ गते देखी १६ गते सम्म कार्यक्रम रहने बताएका हुन्।
बताए अनुसार १४ र १५ गते ब्रज पुजा र १६ गते आर्य पुजा हुने र तीन दिन सम्म सञ्चालन हुने पुजाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाद्धारा उद्घाटन हुने अध्यक्ष घलानले बताए ।

















प्रतिक्रिया दिनुहोस्