बागमती प्रदेशको राजधानी हेटौंडामा थारु कल्याणकारी सभा मकवानपुरको आयोजनामा छैठौँ थारु माघी महोत्सव सूरु भएको छ ।

हेटौंडा -४, भुटनदेबी माबिको चौरमा आज सोमबार थारु जातीको सांस्कृतिक, लोक कला, भाषादर्शन, साहित्य, रितिरिवाजका प्रस्तुती रहने बताइएको छ ।

त्यस्तैगरि थारु खानपिन परिकारहरु बनाई स्टलमा राखिएका छन् ।

थरुहट तराईका भूमिपुत्र थारुहरुको गौरवमय इतिहास रहेकोले मनाउदै आईरहेका र यस वर्षपनि महोत्सव मनाइएको थारु कल्याणकारीका सचिव चन्द्रकान्त चौधरीले बताएका छन् ।

छैठौँ माघी महोत्सव, २०८० भुटनदेवीमाध्यमिक विद्यालयको चौरमा सहभागी भई सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

https://www.facebook.com/watch/?v=1083398452813190