हेटौंडा – दलित महिला संघ मकवानपुरको आयोजनामा सामाजिक न्याय र बिकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि मिडियाकर्मीसंग  अन्तरक्रिया गरेको छ ।

विहीबार नेपालपत्रकार महासंघ मकवानपुर महासंघको भवनमा गरिएको अन्तरक्रियामा मकवानपुरमा गर्दै आइरहेको विभिन्न परियोजना बारे दलित महिला संघले जानकारी गराइएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगर, बकैया गाउँपालिकामा नेपालमा दलित महिला र किशोरीहरुको मानवअधिकार अभिवृद्धि परियोजना कार्यक्रम भइरहेको जानकारी गराइएको छ ।

परियोजना अन्तरगत कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अनुसार ३१ वटा समूह निर्माण गरि उद्यमशील लगायतका अभियान गरिरहेको परियोजना कार्यक्रम संयोजक बिमला विश्वकर्माले बताइन् ।

दलित महिला सीप र उद्यमशीलताका अवसरबाट बञ्चित, हिसांको चपेटा, चलिरहेको अवस्थामा जातीय छुवाछुत, दलितको मुद्दालाई अन्त्य गर्न मिडियोको साथ सहयोगको अपेक्षा रहेको बताइन् ।

कार्यक्रममा संघका अध्यक्ष पवित्रा विश्वकर्माले स्थानीय सरकारले दलित लक्षित कार्यक्रम प्रति खासै चासो नदिएको भन्दै दुखेसो पोखिन् ।

केही वडाहरुले केही रकम बिनयोजन गरेपनि स्थानीय तहले दलित महिला र समग्र समूदायलाई खासै लक्षित नगर्दा समस्या परेको बताइन् ।

संविधानमा उल्लेख गरिएपनि छात्रवृति, निःशुल्क शिक्षा लगायतको व्यवस्थामा कार्यान्वयन नभएको बताइन् ।

पढ्न नसक्ने अवस्थामा परेका र विद्यालय जानै नसक्ने अवस्थाका बालबालिकालाई वडा तहबाटै निःशुल्क शिक्षा प्रदानको व्यवस्था गरिनुपर्ने अध्यक्ष विश्वकर्माको भनाइ छ ।

संघको अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा संघको उपाध्यक्ष सुनिता दर्नाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।