बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित घरेलु उत्पादन,कृषि उपज प्रर्दशनी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता समापन भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा पुष २ गते सोमबार उद्धघाटन भएको हो ।
वडा नम्बर–१० स्थित बसपार्कमा स्टलहरूको व्यवस्था सहित हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रदर्शनीमा राखिएको हो भने नेपालीहरुको जातजाती, भेषभूषा, संस्कृति सहितको नृत्य सहितको बिभिन्न कार्यक्रमहरु भएको हो ।
२ दिने घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगितामा वडा नम्बर ११ विजयी भएसंगै समापन भएको हो ।
त्यस्तै गरि वडा नम्बर १० को प्रस्तुतीे दोस्रो १८, तेस्रो भएको छ ।
नृत्य प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजार, द्वितीय हुनेले लाई ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् ।
सोही कार्यक्रममा क्रमसः वडा नम्बर ७ चौथो, वडा नम्बर८ पाँचौ वडा नम्बर २ छैठौँ, वडा नम्बर १३, ७ औं स्थानमा परेर सान्तवना पुरस्कार स्वरुप ५, ५ हजार र प्रमाण पत्र पाएका छन् ।
प्रतियोगिताको छनोटका लागि निर्णयकको भूमिकामा काठमाडौका सुरेन्द्र देशार, चितवनका वसन्त लामा, मकवानपु राक्सीराङ्गका रोहन लामा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अथिति हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामाले वडा नम्बर १० ले आयोजना गरेको प्रर्दशनीले जनमानसमा उपमहानगर भित्रको हस्तकला, उत्पाद भएका उपभोग्य बस्तु जनमानसमा पुग्न टेवा पुग्ने बताइन् ।
साथै देशभित्रका मौलिकता झल्कने बिभिन्न प्रस्तुतीले देशको रिती रिवाज, संस्कृति हरेक पिडीमा पुग्ने विश्वास रहेको र स्तरिय कार्य गरेकमा वडा प्रति खुसी लागेको बताइन् ।
हेटौंडा उपमहानगर वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ्गको सभाध्यक्षता सम्पन्न कार्यक्रममा मेयर लामा द्धारा विजेताहरुलाई पुरस्कार बितरण गरिएको हो ।
कार्यक्रको समापनलाई सम्बोधन गर्दै वडा नम्बर–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले हेटौंडा १० आयोजित कार्यक्रमको सूरुवात देखि समापन सम्म हरेक तरहबाट साथ दिने सबैमा आभारी रहेको बताए ।














प्रतिक्रिया दिनुहोस्