मकवनपुर जिल्ला फुटबल संघको आयोजनामा एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता हेटौंडा –५ को पिप्ले–क्याम्पा रंगशालामा भइरहेको छ ।
हेटौंडा -१०, भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयले समेत सहकार्य गरेको हो ।
१२ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
शिक्षा संगै खेललाई समेत प्राथमिकतामा राखेर चासो दिएको कलेज संग मकवनपुर जिल्ला फुटबल संघले सहकार्य गरेकोमा खुसी लागेको
हेटौंडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयका अध्यक्ष विष्णु बहादुर दाहालले बताए ।
यस्ता खेल आयोजना हुँदै गर्दै खेलप्रेमी देखि बिद्यार्थीहरुका हौशला बढ्ने काम भएको बताए ।
उनले हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडामा खेलकुद क्षेत्रमा ३ करोड ७० लाखको हाराहारीमा बजेट बिनियोजन गरेको बताए ।
मंसिर २३ गते देखि सूरु भएको खेल मंसिर ३० गते फाइनल खेल संगै समापन हुने छ














प्रतिक्रिया दिनुहोस्