बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले मुलुकमा धर्म, जात, सम्प्रदायसंग जोडेर द्धन्द श्रृजना गर्ने कोसिस भइरहेको बताएकी छिन् ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरद्वारा हेटौंडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएकी हुन् ।
नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य समेत रहेकी मोक्तानले देशमा शुसासन कायमको अभियानलाई सरकारले अघि बढाउदै लैजाने बताइन् ।
उनले मनाउदै आएको चाडपर्वलाई प्रगतिशिल ढंगले सके अनुसार मनाउनका लागि आग्रह समेत गरिन् ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरका अध्यक्ष अनिल बसेलको सभाध्यक्षतामा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले कार्यक्रम संचालन गरेका हुन भने अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ताको सदस्य सुजन सिलवालले स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक शर्केश घलान, सचिव भिम पाख्रीन, अखिल क्रान्तिकारी केन्द्रिय सचिव रोशन थापा मगर, बागमती प्रदेश सचिव रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण कुमार बर्तौला, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य ध्रुबराज ढकाल, बागमती प्रदेश महासचिव ध्रुब अधिकारी, वाईसियल मकवानपुर अध्यक्ष लवराज ठकुरी विद्यार्थी संगठन लगायत अन्य संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको अतिथ्यता रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्