बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स ए साइड फुटबल प्रतियोगितामा बुधाबार ५ वटा खेलहरु सम्पन्न भएको छ ।

हेटौंडा–७ स्थित नागस्वतीमा रहेको नवज्योति खेल मैदानमा भएको दोस्रो चरणको ५ वटा खेलहरु सम्पन्न भएको हो ।

बुधाबार दिनभर वर्षातको मौसम भएता पनि खेलाडीहरुले निकै उत्साहजनक तरिकाले खेल खेलेका थिए भने प्रतियोगितामा पाँच खेलहरु सम्पन्न गर्दै क्वाटर फाइनल समिकरण पुरा भएको छ ।

बुधबार पहिलो चरणको खेलमा एफसी सेलिङ भेट्रान्स काठमाडौंले पशुपति हेटौंडालाई १–० गोल अन्तरले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै गरी दोस्रो चरणको खेलमा बगर भाई भेट्रान्स पोखराले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै गरि तेस्रो चरणको खेलमा आयोजक नागस्वती भेन्ट्रान्स ( ए ) ले एन.जे.जे.वाइ.सी. भेट्रान्स सीमरालाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको होे ।

त्यस्तै चौँथो  खेलमा भेट्रन्स काठमाडौं सँग भेट्रान्स चितवन भेट्रान्स ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित भएको हो । निधारत समयमा १–१ गोलको बराबरीमा रोकिएर खेलमा ट्राइबे्रकरमा पुगेको थियो । भेट्रान्स  काठमाडौँले  भेट्रान्स चितवनलाई  ट्राइब्रेकर मा ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

अन्तिम ५औँ खेलको चरणमा आयोजक नागस्वती (बि) ले हेटौंडा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको होे ।

१८ गते बिहीबार विहान ७ बजे देखि क्वाटर फाइनल खेलहरु सुरु हुने भएको छ भने क्वाटर फाइनलको पहिलो खेलको भिडन्त जोरपाटी भेट्रान्स र चितवन भेट्रान्स विच हुने छ।  क्वाटर फाइनलको विजेताहरु सेमी फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेलको विजेता टिमले २ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ सहित ट्रफि , मेडल र प्रमाण–पत्र प्राप्त गर्ने  नागस्वती भेट्रान्स क्लवका सचिव सान्ता गौतम प्रदीपले बताए ।

गौतमले बताए अनुसार विधागत उत्कृष्ट खेलाडीहरुको लागि समेत विशेष पुरष्कारको व्यवस्था गरिएको नागस्वती भेट्रान्स क्लवका सचिव सान्ता गौतम प्रदीपले बताए ।

१६वटा समुहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २० गते दिउँसो ३ बजे हुने छ ।