बागमती प्रदेशको राजधानी हेटौंडा १० भुटनदेवि मन्दिर जाने बाटामा रहेको नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयले यस वर्ष एसइई उर्तिण गरेर बसेका विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका लागि आव्हान गरेको छ ।
सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएसंगै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत जनाइरहेका छन् ।
यसैक्रममा नारायणी कलेज, तुल्सिमेहरले पनि गुणस्तरिय शिक्षा शिक्षा प्रदान गरिदै आएको र शिक्षाका विषयमा आउदा दिनमा अझ स्तरिय शिक्षा प्रदान गरिने जानकारी गराएको छ ।
यसैक्रममा शैक्षिक क्षेत्रमा योगदान दिएर अध्यापान गराउदै आएका कलेजका प्रिन्सीपल रघुनाथ खरालले अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिदै आएको शिक्षाका क्षेत्रमा भरपर्दो नारायणी कलेज, तुल्सिमेहर नै भएको प्रिन्सीपल रघुनाथ खरालले बताए ।
खरालले बताए अनुसार साइन्स,कर्मस, कम्प्युटर साइन्स्, होटल म्यानेजमेन्ट र विज्नेस स्टडी लगागतका विषयहरुमा भर्ना भइरहेको छ ।
सुविधा सम्पन्न भौतिकपूर्वाधार, प्रोजेक्टरका माध्यमबाट पनि अध्यापन गराइने,अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगसालाको व्यवस्था, विपन्न तथा जेहन्दार विद्यार्थीहरुकालागि छात्रवृतिको व्यवस्था, शैक्षिक भ्रमण र अवलोकनको व्यवस्था, होस्टेलको व्यवस्था, सप्ताह व्यापी खेलकुद कार्यक्रम गरिने र हेटौंडा भित्र हर्नामाडी,हटिया, कमाने, पदमपोखरी, सिमेन्टरोड लगायतको रुटमा यातायातको सुविधा सहित पठन पाठन गराउदै आएको प्रिन्सीपल खरालले बताए ।
हालै एसइइ उत्तिर्ण हुने बिद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै नतिजा जिपिए कम आउनेहरुले पनि हरेस खाएर नतिजा कस्तो आयो भन्ने तर्फ होइन अब अतिनै राम्रो गर्छु भन्ने सोच सहित अघि बढ्नुपर्ने बताए ।
अंक कै आधारमा शिक्षाबाट बञ्चित गर्नु भन्दापनि शैक्षिक यात्रालाई अघिबढाउदै बिद्यार्थीहरुको भविष्य सूनिश्चित गर्ने अभियानमा कलेज रहेको र विद्यार्थीको मनोभावाना अनुसार शिक्षा प्रदान गरिदै आएको बताए ।
थप जानकारीका लागि
नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालय
भुटनदेवि मन्दिर जाने बाटो हेटौंडा १० मकवानपुर
सम्पर्कका लागि
०५७ -५२२१३६ / ९८५५०७१८७६ र ९८४९०१०८०३













प्रतिक्रिया दिनुहोस्