मकवानपुर घर जग्गा व्यवसायी संघको चौथो साधारण सभा एंव दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

सोही कार्यक्रमलाइृ सम्बोधन गर्दै प्रमख अतिथी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले व्यवसायीहरुकालागी परेको समस्या प्रक्रियामा गई समाधानका लागी पहल गर्ने बताइन्।

व्यवस्थित शहर निर्माणमा भुमिका निर्वाक गर्दै आएको संघले शहरमा व्यवस्थित आवास निर्माणले शहरकै स्वरुप परिवर्तन हुने भएकाले पनि व्यवसायीहरुको नीतिगत समस्या समाधानका लागी बागमती सरकार र आफ्नो तर्फबाट भुमिका भूमिका निर्वाह गर्ने बताइन् ।

उक्तकार्यक्रममा सचिव सम्भु पुडासैनीले सचिव प्रतिबेदन,पवन तिमल्सीनाले कोषाध्यक्ष प्रतिबेदन प्रस्तुत गरेका थिए । बिभिन्न बिधामा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

व्यवसायी संघ मकवानपुरका अध्यक्ष विष्णु प्रसाद घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतम, हेटौडा उपमहानगरपालिका वडा भित्रका अध्यक्ष,उद्योग वाणिज्य संघका एशोसियट उपाध्यक्ष उज्जवल चौलागाई,राष्टिय भुमि आयोग मकवानपुरका अध्यक्ष बिष्णु दाहाल सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

……………

सोही कार्यक्रम अन्तरगर्त अविधेशनले नयाँ कार्य समिति समेत चयन गरेको छ ।

नयाँ कार्य समितिको कार्यकाल ३ वर्षको रहने गरि संघको अध्यक्षमा कमलराज मैनाली चयन भएका छन् । संघको दोस्रो अधिवेशनले मैनालीको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा भिम प्रसाद तिमल्सिना, राजकुमार बानियाँ र ईवाकर मैनाली चयन हुनुभएका हुन् ।

त्यस्तै गरि महासचिवमा शम्भु पुडासैनी, सचिवमा विजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सह–कोषाध्यक्षमा दिपेन्द्र यादव छन् ।

सदस्यहरुमा राज कुमार थिङ, गोपाल कृष्ण नेपाल, गणेश बहादुर भोलन, शंकर बहादुर राउत र राज कुमार बास्तोला चयन भएका छन् ।