ग्यालेक्सी फोेके टेलीभिजनमा कार्यरत सिधाकुराका सञ्चालक युवराज कडेंलले टेलीभिजनबाट बाहिरिएको घोषणा गरेका छन् ।
विगतमा न्युज २४ टेलिभिजनमा काम गरिरहेका सिधाकुरा जनतासँगमा चर्चित रिर्पोटरका रुपमा काम गर्दै कडेंल पछिल्लो समय ग्यालेक्सीमा प्रसारित सिधाकुरा सञलन गरिरहेका थिए ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रबि लामिछानेले सञ्चाल गरिरहेको समयमा सिधाकुरामा रिर्पोटमा आवाज दिएर निकै चर्चा बटुलेका थिए ।
लामिछाने राजनीति क्षेत्रमा प्रबेश गरेपछि सो कार्यक्रम सञ्चालनको जिम्मेवारी लिएर सञ्चालन गरिरहेका कडेलले समाजिक सञ्जाल फेशबुक पेजमा लेख्दै ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको घोषणा गरेका हुन् ।
……………

इस्टाटस यस्तो लेखएको छ ।
आज आफ्नै सिधाकुरा,
प्रिय दर्शकहरु नमस्ते । सिधाकुरा जनतासँग(News24 nepal) हुँदै सिधाकुरा(Galaxy4k) सम्म आइपुग्दा ७ वर्ष बित्नै लागेछ । रिपोटर हुँदै कार्यक्रम प्रोड्युसर देखि प्रस्तोता हुँदा सम्म पत्रकारिताका धर्म र पेशा प्रति रत्तिभर सौदाबाजी नगरी जनताको चासो, गुनासो र प्रश्न उठाउने इमानदार प्रयास गरिरहे । त्यसको प्रभावकारिताको हरहिसाब गर्ने जिम्मा तपाईँहरूकै । जस्ता सुकै धाकधम्की र आरोपबाट लड्दै चलरिहेको कार्यक्रममा जब एक उच्च सरकारी अधिकारीले महिला कर्मचारी माथिको हिंसाको विषय उठान गरेका थियौँ, उक्त रिपोर्ट पछि मन्त्रिपरिषद्ले उनलाई बर्खास्तीको निर्णय गरेको थियो । उनको पावरले त्यसका ९ महिना पछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिए छ। यसलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथिनै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु । देशभरका संवाददाता साथीहरू र कार्यक्रमका हर मोडमा मलाई काँध थाप्ने प्रिय टिम Bishnu Anil Raju Uttam Laxman सँगै Krantishikha Pratibha Rawal प्रति आभारी छु । मलाई सिकाउँदै यहाँसम्म ल्याउने Rabi रवि दाई र Deepak दाईलाई सम्झरिहेको छु । मलाई निरन्तर हौशला दिने तपाई दर्शकहरू प्रति आजीवन ऋणी छु ।
“जागिर छोडेको हुँ, कर्म छोडेको हैन, केही दिनमा झनै मजबुत भएर आउने छु ।” नमस्ते ।














प्रतिक्रिया दिनुहोस्