बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार ११ गतेदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न पुगेका दर्शकहरु निकै उत्साहित छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु रमाइरहेका हुन् ।
आइतबार झण्डै ६ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने दर्शकहरु भरिभराउ थियो ।
यसैविच आज आइताबार चर्चित गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिदैं दर्शकहरुलाई नचाइन् ।
उनले बोल माया, लाउन्न दाजै पिरती, भीर मौरी भीरैमा, गलबन्दी च्यातियो, ए फुलमाया यता आइजो, हिमाल फुल हिउँमै सरेको, सोल्टी बजारमा, नयाँ नयाँ लुगा फेरे लगायत थुप्रै गीतहरु प्रस्तुत गरेकी थिइन् ।
उनको प्रस्तुतीमा दर्शकहरु मज्जाले झुमेका थिए । त्यस्तै गायक सुजील कर्माचार्यले पनि गीतहरु प्रस्तुत गरेका थिए।
महोत्सवको अन्तिम दिन भोली सोमबार चर्चित गायिका रचना रिमाल पनि आउने भएकी छन् ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भएको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
आइडलको आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ ।हेटौंडा आइडलको सर्टफर्म एच.आई. स्पेस प्रतिस्पर्धी टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने छ ।
स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको छ ।
…………………………
मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।
मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकी स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु दिइरहेका छन् ।














प्रतिक्रिया दिनुहोस्