दक्षिण कोरियामा माछा मार्ने एउटा डुंगा दुर्घटना हुँदा ९ जना बेपत्ता भएका छन्।
दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुंगा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन्।
गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त डुंगा पानीमा पल्टिएको हो।
चालक दलका तीन सदस्यलाई नजिकैको डुंगाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ।
राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उनको कार्यालयले जानकारी गराएको छ।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्