हेटौंडा उपमहानगर–४ नम्बर वडा कार्यालयको आयोजनामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को आयोजनामा यही माघ २० गते बिहान देखि कार्यक्रम हुने भएको वडा कार्यालयका नबिन सिग्देलले जानकारी दिए ।
कार्यक्रममा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वताए ।
उनले शिक्षालाई गुणस्तर सुधारको लागि अब प्रतिस्पर्धातमक बनाउनेगरी काममा लागिएको उहाँले वताएका हुन् ।
रोयल पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने तय गरीएका बताए ।
वडा अध्यक्ष सिग्देलले वताए अनुसार वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको हो ।
स्टलमा प्रदर्शनीमा प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन समेत रहेको मंगलबार पत्रकार सम्मेलनको आयाृजना गर्दै जानकारी दिएका हुन्।














प्रतिक्रिया दिनुहोस्