डा. कपिल रिजालले लेखन निमार्ण र निर्देशन गरेको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’आगामी माघ २० गते देखी प्रर्दशनमा आउने भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको आयोजनामा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा. कपिल रिजालले जानकारी दिएका हुन्।

बिभिन्न चलचित्रहरुमा रमाइलो भुमिकामा अभिनय गर्ने कमेडियन कलाकार जो पछिल्लो समय मुन्द्रे नामले परिचय बनाएका जितु नेपाल मुख्य भुमिकामा छन् ।

उनको नायिका बनेर साम्राज्ञी आर एल शाहाले  साथ दिएकी छन् ।

यस कारणले गर्दा पनि यस चलचित्र प्रति दर्शकहरुको चासो बनेको छ ।

यसै विषयमा आफनो पहिलो प्रयास भएको र दर्शकहरुले मन पराउनेमा विश्वास रहेको बताएका छन् ।

कलाकार जितु नेपालले चलचित्र ‘ह्यारी कि प्यारी’ भिन्न चलचित्र बनेको बताएका छन् ।

चलचित्रका बारेमा बोल्दै नायिका साम्राज्ञी आरएलको जोडीको रुपमा अभिनय गर्दै गर्दा हाइट होइन मन मिल्नु पर्ने उदाहरण दिएका छन् ।

बि.आर. प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘ह्यारी कि प्यारी’ मा जितु र साम्राज्ञीआर.एल.संगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

निर्देशक रिजालकै कथामा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले पटकथा तथा संवाद तयार गरेका हुन्।सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन तथा फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो ।