मकवानपुरको मनहरी गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता सेवा लिनका लागि आग्रह गरेको छ ।
गाउँपालिकाको सेवाग्राहीहरुले सहज तरिकाले सामाजिक सुरक्षा भत्ता सेवा सहज तरिकाले पाउन र कोही पनि बञ्चित नहुन भन्ने योजना रहेको गाँउपालिकाले जनाएको हो ।
सामाजिक सुरक्षा भत्ता पाईरहेका र नँया हरुकालागि पाउन सहज गराउन भन्दै सुचना जारी गरिरहेको छ ।
सोही वडाका वडाध्यक्षहरुले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण समेत गरिरहेका छन् ।

…………………………..

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सुचना
यस मनहरी गाउँपालिका स्थित वडा नं. १ देखि ९ नं. भित्रका जेष्ठ नागरिक अन्य, जेष्ठ नागरिक दलित, जेष्ठ एकल महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्ग, दलित बालबालिका पोषण भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सामाजिक
सुरक्षा भत्ता प्राप्त गर्न आ आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयं उपस्थित भई भत्ता नविकरणको लागि निवेदन पेश गर्नु हुन अनुरोध गर्दछौं ।
६८ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई समेत भत्ता दिने उल्लेख भएकोमा वडा कार्यालयमा गई निवेदन दिनुहुन समेत जानकारी गराइन्छ ।
आवश्यक कागजातहरू
नागरिकता प्रमाणपत्र प्रतिलिपी १ थान पासपोर्ट साईजको फोटो २ थान
मनहरी गाउँपालिका कार्यालय बागमती प्रदेश, मकवानपुर