येशू ख्रिष्टको जन्मको उत्सवलाई ईशाई धर्मावलम्वीहरुले संसारभर मनाउने तयारी गरेका छन् ।
क्रिसमसको अवसरमा घर तथा चर्चहरुमा क्रिस्मस ट्री सजाएर सान्त क्लाउजको पोशाक लगाउँने आफन्त र इष्टमित्रलाई उपहार दिनुका साथै शुभकामना दिने गरिन्छ ।
संसारभर धुमधासँग मनाइने गरेको येशू ख्रीस्टको जन्मको उत्सवलाई डिसेम्बर महिनाभर हर्षोल्लासका साथ मनाउने गरिएको पाइन्छ ।
जिसस क्राइस्टको जन्म भएको दिन डिसेम्बर २५ तारिखमा हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी क्रिसमस मनाउन इसाई धर्मावलम्बीहरु तयारीमा जुटेका छन् ।
येशू ख्रीस्टको जन्मको उत्सवको अवसर पारी क्यारोल खेल्न आफ्नो शाखा मण्डलीहरुमा पुगेर एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने गर्छन् । मकवानपुरमा पनि तयारी गरिरहेका छन् ।
अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै डिसेम्बर बित्दै गएसँगै क्रिसमसको रमझममा रमाउँने र क्यारोल खेल्न शुरु समेत गरिसकेका छन् .
करिब ७० भन्दा बढी चर्चहहरुमा क्रिसमसका दिन चर्चहरुमा प्रार्थना गर्ने, परमेश्वरको भजन गाउँने मेरी क्रिसमस भन्दै शुभकामना आदानप्रदान गर्दै परमेश्वरका पुत्र येशू ख्रीस्टको जन्मको उत्सवलाई मनाइने इसाइ धर्मालम्बीहरु बताउछन् ।
यसैविच मकवानपुरमा पास्टर एकता जागृति अभियान दक्षित भेग हेटौँडा–१५ ले भव्यरुपमा ख्रिष्टमस महोत्सव—२०७९ मनाएको छ ।
ईसाईहरुको महान पर्व क्रिसमसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै हेटौँडाउपमहानगर—८ चिल्डे«न पार्क, कमानेमा मंगलबार कार्यक्रमको आयोजना गर्दै ख्रिष्टमसको सुरुवाती प्रार्थना गर्दै ख्रिष्टमसको महत्व, र मनाउनुको कारण बारेमा इसाइ धर्मालमबीहरुले जानकारी गराइएका छन् ।
नेपाली हाँस्य कलाकार सुलोमान शंकर ईक्क’ समाजका हरेक विकृतिहरुलाई व्यंग्य गरेका थिए ।
कार्यक्रममा नेपाल आईडल सिजन ४ टप ६ हुन सफल सुमियन पाख्रिन र दक्षिणभेगका विभिन्न चर्चका कलाकारहरुले गायन, नृत्य, भजन, लगायत एकता जवान संगती क्यायर झुण्डले स्तुती प्रशंसा गर्दै भजन प्रस्तुत गरिएको थियो ।
प्रमुख वत्ता रहेका सुर्य राईले मुक्ति, उदार, शान्ति दिने र नयाँ जीवन दिनु हुने येशु ख्रिष्टको शुभ जन्म दिनको महान अवसरमा शुभकामना व्यक्त गर्दै ख्रिष्टमसको महत्व, र मनाउनुको कारण बारे बोलेका थिए ।
पास्टर एकता जागृति अभियान दक्षित भेग हेटौँडा–१५ का अध्यक्ष पास्टर दर्शन पाख्रिनको सभाध्यक्षता तथा हेटौँडा—८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आथित्यतामा सम्पन्न गरिएकोे हो ।
हेटौँडा—१५ को वडा अध्यक्ष सुनलि मोक्तानको विशिष्ट आथित्यता रहेको कार्यक्रममा विभिन्न चर्चका पास्टर, अगुवा, राजनितिज्ञ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्