आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माहोल तात्यिएको छ ।

देशभरका उम्मेदवारहरुले अ आफ्नो पक्षबाट चुनावी प्रचार प्रसारमा खटिन सुरु गरेका छन् भने घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
यसैविच मकवानपुरमा पनि उम्मेदवारहरु चुनावी प्रचार प्रसार सुरु गरिसकेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार बनाएर प्रेम बहादुर पुलामी “छिन्तु” लाई अघि सारेको छ ।

निर्वाचन क्षेत्रमा संयुक्त साझा उम्मेदवार छिन्तु का सर्मथकहरु पुलामीलाई नै जिताउन आग्रह गर्दै मतदाताहरुको घरघरमा पुगेका छन्।
छिन्तु मकवानपुरवासी भएकै कारण जनतासंग नजिकको सम्बन्ध भएको उल्लेख गर्दै छिन्तुलाई जसरी पनि जिताउनै पर्ने बताइरहेका हुन् ।

२०७४ मा निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएर संविधानसभा सदस्य रहदा संविधान निमार्णमा छिन्तुले महत्वपूर्ण भूमिका खेलेको पाइने बताएका छन् ।

जनताको सुख–दुखमा साथ दिने नेताको रुपमा परिचित रहेका  हरेक समय जनताको स्वास्थ्य, मृत्यु संस्कार अथवा चाडपर्व यी सबैमा जनता विच रहेरजनतासंगै रहन मनपराउँने छिन्तु भन्नेहरुको कमी नरहेको बताईरहेका हुन् ।

‘छिन्तु’ को राजनितिक यात्रा

वि.सं. २०२९ साल मंसिर २४ गते प्रेम बहादुर पुलामी (छिन्तु) को जन्म भएको हो ।

मकवानपुरको साबिक फापरबारी गाविस वडा नम्बर ३ हाल बागमती गाउँपालिका वडा नम्बर ६ ठाडिखोला समिदमारमा जन्मिएका छिन्तु ले २०४८ सालबाट राजनीतिक यात्राको सुरु गरे ।

माध्यमिक तहसम्म अध्ययन गरेका छिन्तुको राजनीतिक यात्राको सुरुवात वाइसिएल फापरबारी गाविस सदस्य भयो ।

२०४९ सालदेखि २०५२ सम्म जनमुक्ति साँस्कृतिक संघमा आवद्ध रहे ।

नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्धको घोषणा गरेपछि छिन्तु छापामार दलमा भर्तीभए।

उनलाई २०५५ सालमा प्रहरीले पक्राउ गर्यो । ३ महिनासम्म उनलाई थुनामा राख्यो ।पछि रिहा भए ।
जनआन्दोलनले उत्कर्ष रुप लिइरहेको अवस्थामा पार्टीको जिम्मेवारी बहन गर्दै २०५६ मा मकवानपुर जिल्लाको छापामार दलको कमाण्डर समेत बने ।

पार्टीको काम र जिम्मेवारीलेमा रहेर २०५८ सालमा मकवानपुरको पूर्वि ईलाका जनसरकार प्रमुख , २०५९ मा जनमुक्ति सेनाको कमिसार, २०६० मा रसुवा (नुवाकोट(सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भए ।

२०६१ मा जनमुक्ति सेनाको बटालिय कमिसार बन्दै २०६१ कात्तिकबाट पार्टीको जिम्मेवारीमा नेवा–ताम्सालिङ दक्षिण ब्युरो सचिव बनेर २०६२र०६३ मा जनआन्दोलनको नेतृत्व गरे।

जनआन्दोलनले पूर्णता पाएसंगै घोषणा भएको लोकतान्त्रिक गणतन्त्रको स्थापना हेतु २०६४ सालमा तत्कालिन मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुन सफल भए ।

२०६८ सालदेखि पार्टी केन्द्रिय सदस्य, मकवानपुर जिल्ला अध्यक्ष र २०७४ मा निर्वाचन क्षेत्र नम्बर १ को ९क० बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको पक्षका जनताहरुले प्रदेशसभा सदस्य रहदाँ प्रदेशको बजेटले आफ्नो क्षेत्रमा धेरै प्रगती गरेको र फेरी पनि छिन्तु आवास्यक रहेको बताएका हुन् ।

सर्मथकहरु भन्छन्  “हामीलाई छिन्तु आवास्यक छ।बाटोदेखि पुल निमार्ण, कृषि, पर्यटन, विभिन्न स्थानमा रहेका खहरेहरु नियन्त्रण देखि बस्ती बचाउ अभियान  स्वास्थ्य, शिक्षा जस्ता आधारभूत विषयहरुमा पनि प्रदेशको बजेट ल्याउन कदम चलाएका छन् ।”

तर, पनि विकासको गतिलाई तिव्र बनाउन र आफ्नो अधुरा कार्य पूर्ण गर्न फेरी पनि सोही क्षेत्रबाट उम्मेदवार बनेको उल्लेख गरेका छिन्तुको जित सुनिश्चित जस्तै भइसकेको सर्मथकहरु दावी गर्छन् ।