रोशन दिप- नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्वको तयारीमा हिन्दु धर्मालम्बीहरु जुटेका छन् ।
छठपर्व पुजाका लागि तराई लगायत नेपालका बिभिन्न भू–भागमा पोखरी र नदि छेउछाउमा तयारी गरिएको छ ।
विशेष गरि तराई क्षेत्रमा मनाइने गरेपनि पछिल्लो समयमा काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि धुमधामका साथ अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ ।
कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन दिनदेखि आरम्भ हुने छठ पर्व पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ भने यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ ।
व्रतालुल सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्न नहुने कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।
छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवतीदेवी छठीमाताको पूजा गर्नाले छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गर्ने मान्यता रहेको छ ।
यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको राप्ती तटमा पनि भव्य रूपमा छठपर्वको तयारी भइरहेको छ।
सूर्यको उपासनाको छठपर्व हिजो शुक्रबारबाट सुरु भइसकेको छ। अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न हुने पर्व छठपर्वको तयारीका लागि राप्ती नदीतटमा तयारीलाई तीव्रता दिइएको हो।
छठलाई भव्य रूपमा मनाउन हेटौँडा उपमहानगरपालिका– १ राप्तीतटमा लामो पण्डाल समेत बनाइएको छ ।
छठ पुजा समारोह समिति हेटौँडाका संयोजक सुसिल प्रसाद सेनुरिया बानियाले विगतमा छठ घाटमा पुजा गर्दै आएपनि अघिल्लो वर्ष कोरोनामहामारीका कारण स्थथित गएिको पुजालाई यसपालि भव्य गराईने बताए ।
हिन्दुधर्मालम्बीहरुले भारत देखि नेपालको तराई भेग र मिथिलाञ्चल क्षेत्रमा विशेष रूपमा मनाइने छठलाई हेटौँडामा भक्तजनहरुका लागि छठपर्व पुजाको व्यस्थापनको तयारीमा जुटेर तयारीमा कार्य अघि बढाईएको बताए।
उनले बताए अनुसार विशेष महत्वका साथ मनाउने गरिएको हो भने आजसम्म सम्पूर्ण तयारी पूरा हुने छ ।

















प्रतिक्रिया दिनुहोस्