निर्वाचन क्षेत्र नं 1 उम्मेदवार तथा नेपाली कांग्रेस महामन्त्री महालक्ष्मी डिना उपाध्यायले बकैया गाउँपालिका स्तरीय बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्नु भएको छ ।
भेलाको उद्घाटन गर्दै उम्मेदवार महामन्त्री डिनाले निर्वाचन क्षेत्रको विकास र जनचाहना लाई नजीकमा रहेर सम्बोधन गर्ने बताउनु भयो ।
प्रतिगामी शक्ति हरु जब जुर्मुराउन थाल्छन ,व्यवस्था माथि धावा बोल्छन,तिनको विरुद्ध प्रगतिशील शक्तिहरुले राष्ट्र देश र संविधान जोगाउन गठवन्धन निर्माण गरेको हो । केपीले असंवैधानिक पटक पटक कदम चाली संविधान र संसद विघटन गर्ने प्रयास गरेकोले यो गठबन्धन निर्माण भएको बताउनु भयो ।
मुलुकमा अप्ठ्यारो पर्दा लोकतान्त्रिक पद्धतिमा ल्याउने यही माओबादी समाजवादी र नेपाली काङ्ग्रेस लगायत शक्ति नै हो । आज दीपक सिंह र कमल थापाको मन विचलन भएपछि गठबन्धन विरुद्द बोलिरहनु भएको छ । भ्रम को खेती गरिरहनु भएको छ । म जित्छु भन्दै केही थान कार्यकर्तालाई प्रलोभन दिइरहनु भएको छ । हाम्रो निर्वाचन क्षेत्रमा जहाँ सुकै हाम्रो उपस्थिति छ । बागमती पालिकामा सर्केश घलान,बकैयामा धर्म जी नगरमा मिना जी । अनि विकास र समृद्धिको कुरा गर्न हामीलाई कसले रोक्छ, अब प्रदेश र केन्द्रमा हाम्रो उपस्थितिले मकवानपुरको समुचित विकास हुन कसैले रोक्न नसक्ने बताउनु भयो ।
अगुवा कार्यकता भेला लाई सम्बोधन गर्दै प्रतिनिधि सभा 1 क का उम्मेदवार प्रेम बहादुर पुलामीले सम्बोधन गर्नुहुँदै बाम गठबन्धनको उम्मेदवार जिताउन लागि पर्न आग्रह गर्नु भयो ।
उहाँले कार्यकर्ता लाई गाउँ टोल वडा वडा पुगी पार्टी नीति गरेका काम अधुरो योजना सहित गाउँ जान निर्देशन दिनुभयो । यो गठबन्धन एमालेको प्रतिगामी षडयन्त्र र हाम्रो विरुद्ध भएको कु को विरुद्ध हो ।
त्यसर्थ यो क्षेत्रको विकास, शिक्षा स्वास्थ्य र भूमिहीन हरुको भूमि प्राप्तिको लागि भूमिका रहने बताउनु हुँदै संघ र प्रदेशमा मन्त्रालयगत बजेट मा समेत पहुँच हुने विकासका लागि समस्या नहुने धारणा राख्नुभयो। माओबादी केन्द्र केन्द्रीय सदस्य विजय गौतम ले सम्बोधन गर्दै प्रत्येक दिन योजना बद्द लाग्न कार्यकर्तालाई सुझाव गर्दै महालक्ष्मी उपाध्याय रुख चिन्हमा मतदान गर्ने र प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामी लाई गोलाकार भित्रको हँसिया हटौडा मा मतदान गर्ने र सम्पूर्ण गठबन्धनको जीत सुनिश्चित गर्ने बेला यो । केपी ओली जस्तो संविधान देश मास्ने केपी भष्मासुर हो ।
भष्मासुर ले यो देश विधि व्यवस्था नै भस्म गर्ने लाछ्या सहित प्रस्तुत भएकाले त्यसको विरुद्ध यो देश व्यवस्था पछ्यादर हरुको बाम लोकतान्त्रिक गठबन्धन हो केपिले व्यक्ति हत्याको विरुद्ध 28साल तिर जेल बसेका हुन कुनै आन्दोलनमा होइन ।
62/63को आन्दोलन को कुनै फोटो भिडियो देखाउनुस् को कहा कुन आन्दोलनको पक्षमा छ ।
त्यसर्थ मुलुक को समृद्ध पार्न बाम गठबन्धनका हाम्रा निर्वाचन क्षेत्रका 1 उम्मेदवार महालक्ष्मी उपाध्याय र 1को क का उम्मेदवार प्रेमबहादुर पुलामी जिताउन जरुरी रहेको बताउनु भयो । बकैया र बागमती पालिकालेले पूर्णत गठबन्धन लाई जिताउने शुभकामना समेत गौतमले व्यक्त गर्नु भयो । नेकपा माओवादी केन्द्र संयोजक तथा बागमती गाँउपालिका अध्यक्ष सर्केश घलान ले कार्यक्रममा सम्बोधन गर्दै एमालेका बा खड्क ओलीले गरेको संबिधान को चिरहरण को नतिजा मंसिर 4गते पाउने छ । उसले अहिले हरेक शक्ति प्रयोग गर्दैछ । चुनाव जित्नका लागि । हामी त्यसबाट जोगिन जरुरी छ । गरेपछि हुन्छ भन्ने कुरा हामीले अघिल्लो जनप्रतिनधि भन्दा धेरै थोरै अनुभव गरेका छौँ । पूर्वी मकवानपुरका जनतालाई ललिपप देखाउन सकिन्छ कि भनेर एमालेले कमल थापा र पूर्व पञ्च दीपक सिंह आएका छन् यिनलाई लज्जास्पद नतिजाले हराउन जरुरी रहेको समेत उहाको धारणा थियो ।
नेपाली कांग्रेसका नेता दामोदर खनालले संविधान पछ्यधार बाम लोकतान्त्रिक गठबन्धन एका पट्टी र संविधान विरोधी ,सविधान लागि बयल गाडा संग तुलना गर्ने बीचको लडाई रहेको बताउनुभयो।
संविधानले व्यवस्था मात्र होइन विकास संग जोडिएको मूलभूत कुरा छन् ।
आज बिजुली गाउँ गाउँ पुग्ने क्रम जारी छ । बाटाघाटा भौतिक संरचना बन्दै छन् । प्रतिघाती कमल थापा जो व्यवस्था विरोधी ,हाम्रा आन्दोलन विरोधी एमाले जनलाई हराउन र समृद्ध मुलुक क्षेत्र र बकैया समेत बनाउन पनि गठा उम्मेदवार जिताउन जरुरी रहेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन ले मुलुक व्यवस्थाको अस्मिता माथि नाङ्गो हस्तक्षेप गर्ने, महिला, दलित,अल्पसंख्यकको मुद्दामा खेल्ने ,बजेटमा भेदभाव गर्ने आफू र आसेपासेले झोले बन्ने प्रवृत्तिले एमाले गठबन्धन जिताउन जरुरी रहेको बताउनु भयो ।
समाजवादीका नेता नारायण तिमल्सिनाले कमला थापा जस्तो व्यवस्था विरोधीले हामीकहाँ उम्मेदवारी दिँदै गर्दा हामीले कता मत प्रकट गर्ने भन्ने स्वमुल्यांकन गर्न जरुरी रहेको बताउँदै हाम्रा साझा उम्मेदवारले साझा प्रतिनिधी बनेर विकास र संमृद्द मुलुक र हाम्रो क्षेत्र बनाउनु पर्ने बताउनु भयो ।
काँग्रेस बकैया गाउँपालिका सभापति दिलबहादूर भोंजनको सभापतित्वमा भएको कार्यक्रममा, जिल्ला समन्वय सभापति ललित घलान,प्रदेश निति तथा योजना आयोग सदस्य प्रल्हाद लामिछाने लगायतको सहभागिता थियो ।
बकैयाका बाम लोकतान्त्रिक गठबन्धनका हजारौं सहभागी कार्यक्रमको सञ्चालन बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले गर्नु भएको थियो
यादव चौलागाई














प्रतिक्रिया दिनुहोस्