मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धन ५ दलको संयुक्त सम्पर्क कार्यालय मकवानपुर गढीगाँउपालिका वडा नम्बर २ मा उद्घाटन गरिएको छ ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधीसभा सदस्यको लागि गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना  नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका विरोध खतिवडा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य यस्तै  बागमती प्रदेश सामाजिक विकास मन्त्री एबम् ५ दलिय गठबन्धनकै मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तान १ को (क) र (ख ) मा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु र नेपाली कांग्रेसका आनन्दराम पराजुली सहितले उद्घाटन गरेका हुन् ।

यसैक्रममा समाजबादीका नेता क्षेत्र नम्बर १ की प्रतिनिधीसभा सदस्य साझा उम्मेदवार  बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने उम्मेदवार छान्नु पर्ने बताए ।
व्यवस्था परिवर्तको लागि भएको जनआन्दोलनका सहिद बासुदेबको साहिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउनेलाई बोकेर मत माग्ने पार्टी नेकपा एमाले भएको उनको आरोप छ ।

उनले मकवानपुरको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको समेत बताएका हुन् ।

यसैक्रममा नेपाली काँग्रेसकी सहमहामन्त्री एबम् मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधीसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले समग्र बिकासको लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।

यसकालागि गठबन्धनका साझा उम्मेदवारहरु रोज्नुपर्ने र चुनाब चिन्ह भन्दापनि दल र उम्मेदवार महत्वपुर्ण रहेको उल्लेख गर्दै साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरिन् ।

गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताइन् ।

उनले ५ वटै दलहरुको तर्फबाट उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकाले मत हाल्नको लागि अनुरोधगरिन् ।

रगतसंग साँटेर ल्याएको व्यवस्था परिवर्तन सम्भब भएको तर पनि अबका दिनमा अवस्था परिवर्तनमा आफु लागिपर्ने उनको भनाई छ।

जनताले नै बनाएको संबिधान रक्षाको लागि गठबन्धनको आवाश्यक्ता रहेकोले पनि गठबन्धनकै जित आवाश्यक भएको मन्त्री मोक्तानले बताईन् ।

गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क)प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी “छिन्तु” ले गठबन्धनको उम्मेदवार साझा उम्मेदवार भएकोले रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गर्नुपर्ने उल्लेख गरे ।

बर्तमान आवाश्यक्ताले गठबन्धन गरिएको र गठबन्धनका साझा उम्मेदवारलाई जिताउनु पर्ने भनाई राख्दै ५ बर्षिय सांसद कार्यकालमा बाँकी रहेको कामहरु यसपटक पुरा हुने पुलामीको भनाई छ।

त्यसैगरी गठबन्धनको तर्फबाट मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार आनन्दराम पराजुलीले कुन क्षेत्रमा को उम्मेदवार भन्दापनि सबै क्षेत्रमा रहेको साझा उम्मेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।