नेकपा एमाले, बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाले मकवानपुर बहुमुखी क्याम्पस देशकै लागि योग्य नेतृत्व जन्माउने पवित्र थलो भएको बताएका छन् ।
मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट आंकाक्षी उम्मेदवार समेत रहेका बर्तौलाले अनेरास्ववियु, क्याम्पस कमिटी, मकवानपुर बहुमुखी क्याम्पसद्वारा आयोजित आउदै गरेको विजयादशमी तथा शुभदिपावलिको शुभकामना आदानप्रदान तथा बृहत् विद्यार्थी भेलामा बोल्दै यस्तो बताएका हुन् ।
मकवानपुर जिल्लाको विद्यार्थी राजनिती हुँदै अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष समेत भएका र क्याम्पसका पुर्व बिद्यार्थी एवम् दुईपटक निर्वाचीत स्वबियु सभापती समेत रहेका बर्तौलाले मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाटआंकाक्षी उम्मेदवार समेत रहेका युवा नेता बर्तौलाले अनेरास्ववियु, क्याम्पस कमिटीको कार्यक्रममा बोल्दै मकवानपुर क्याम्पसले देश हांक्ने थुप्रै नेतृत्व जन्माएको उल्लेख गर्दै यसबाट उत्पादित नेतृत्वले सधैंभरी देशको पक्षमा गर्व गर्न लाएक काम गर्ने पुर्ण बिश्वास रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेको बिजयले मात्र युवा विद्यार्थीको हितमा काम गर्न सकिने बताए ।
विद्यार्थीहरु देशको भविष्य मात्र नभएर वर्तमानको साझेदार समेत रहेकाले पार्टीको तर्फबाट निर्भिक भएर एमालेका उम्मेदवार जिताउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलले युवा विद्यार्थीको भावना र समस्या बुझ्ने पार्टी र उम्मेदवारलाई जिताउनु अपरिहार्य रहेको बताए ।
अनेरास्ववियु, क्याम्पस कमिटिका अध्यक्ष प्रसिद्ध रेग्मिको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देल, अनेरास्ववियु सचिवालय सदस्य किसन घिसिङ, केन्द्रिय सदस्य, आशिष् अस्लामि मगर, जिल्ला अध्यक्ष भुवन मैनाली, प्रदेश सदस्य निशा पुडासैनी, क्याम्पस प्रमुख शंकर प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुखहरु यम सिलवाल, राम प्रसाद अधिकारी, रामेस्वर बराल लगाएतको उपस्थिति रहेको थियो ।
गायक कमल क्षेत्रीको सांगीतिक प्रस्तुति थियो भने विद्यार्थीहरुले बिभिन्न गितमा नृत्य समेत गरेका थिए ।

















प्रतिक्रिया दिनुहोस्