हेटौंडा उपमहानगरपालिका वडा नम्बर –२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा अध्यनरत विद्याथीहरुले विज्ञान प्रदर्शनी गरेका छन् ।
१० औं राष्ट्रिय बिज्ञान दिवसलाई मध्यनजर गर्दै बिज्ञान र प्राविधिमा लगानीको बिस्तार समुन्नति र समृद्धिको आधारू नाराका साथ कक्षा २देखी १० कक्षा सम्मका विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।
विद्यार्थीहरुलाई वैज्ञानिक खोज, अनुसन्धान र अभ्यासमा लगाब हुने बानी बसाउन प्रदर्शनीको आयोजना गरिएको र अवलोकनमा आउनेहरुलाई विद्यार्थीले जानकारी गराएका थिए ।
असोज १ गते विज्ञान दिवस दिवस भए पनि यो वर्ष विज्ञान दिवसको दिन शनिबार परेकोले अघिल्लो दिन शुक्रबार नै विज्ञान प्रदर्शनीको आयोजना गरिएको विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले बताए ।
विद्यार्थीको सक्रियता र प्रस्तुती उल्लेखनीय रहेको र विज्ञान प्रदर्शनीलाई थप व्यवस्थित बनाइने बताए ।
विद्यार्थीहरुको प्रदर्शनी अवलोकनका लागि अभिभावकहरु हेटौंडा उपमहानगरका सरोकारवाला निकायका प्रतिनिधि देखि संचारकर्मीहरुको निकै बाक्लो उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्