बागमती प्रदेशको राजधानी हेटौंडा–९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमले १० औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै १० औं वर्ष पुरा भएर ११ औं वर्षमा प्रवेश गर्दै गर्दा सप्ताहव्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागिएको संस्थाका अध्यक्ष रामजी अधिकारीले बताए ।
करिब एक दशक अघि अर्थात २०६९ भदौ १३ मा हेटौंडाको अब्बलडाँडाबाट सुरु भएको आश्रम अहिले आफ्नै भवनमा हेटौंडा ९ मा मुख्य कार्यालय सहित देशको १९ जिल्लामा रहेको २३ शाखामा १६ सय बढी आमा बुवाहरु आश्रित रहेको बताएका हुन् ।
यो संगै सप्ताहव्यापी कार्याक्रम अनुसार मंगलबार ७ गते हेटौंडाको बुद्धचोकमा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमगरिने बताए ।
यसैगरि,८ गते आश्रम परिसरमा वृक्षारोपण,९ गते आश्रम रहेको धापटोलमा सरसफाई र तीज विशेष कार्याक्रम,१० गते सडक आश्रित मानवहरुको उद्धार कार्यक्रम गरिने छ ।
यस्ैेगरि ११ गते मुठ्ठीदान संकलन कार्यक्रम ,१२ गते दीप प्रज्वलन र भजन सन्ध्या तथा स्थापना दिवसको दिन वार्षिकोत्सव कार्यक्रम रहेको बताएका हुन् ।
२०८० साल सम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने देखि सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र बनाउने महाअभियान अन्तरगर्त सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने गरी कामहरु गरिरहेको अधिकारी बताउछन् ।














प्रतिक्रिया दिनुहोस्