शुक्रबार देखि ३ नेपाली फिल्म ‘कृष्ण लीला’ ‘माइकल अधिकारी’ र ‘प्रेमगन्ज’ प्रर्दशन गर्ने भएको छ ।
श्री कृष्ण जन्माष्टी पारेर तिन चलचित्र प्रर्दशन हुने भएसंगै हेटौँडा ४ मा रहेको एनएस सिनेमा हलमा शुक्रबारदेखि प्रर्दशन गर्ने भएको हो ।
उक्त ३ नेपाली चलचित्रसंगै हिन्दी डबमा आएको तेलुगु फिल्म कार्तिकेय २ पनि हेर्न पाइने भएको छ ।
चलचित्रलाई शानदार २ वटा पर्दमा हेर्न पाइने हल संयोजक किशोर राज पौडेलले बताए ।
चलचित्रलाई हेर्नकालागि एनएस सिनेमा हलको संपर्क नम्बर ––057-524718 अग्रिम बुकिङ्ग गर्न सकिने संयोजक पौडेलले बताए ।
……………………………
फिल्म ‘कृष्ण लीला’

पुष्प खड्का र श्रद्धा क्षेत्रीको प्रमुख भूमिका रहेको फिल्म कृष्ण पुष्प लीलामा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ ।
प्रकाश राज कार्की र केवल तामाङको निर्माण दीपक वलीले निर्देशन गरेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
उक्त फिल्ममा लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
…………………….
‘माइकल अधिकारी’
भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माईकल अधिकारी’ उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माण रहेको छ ।
कथा लेखन र निर्देशन रञ्जित रौनियारको हो भने सौगात मल्ल, सृष्टि श्रेष्ठ, अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियारलगायतको अभिनय छ ।

१ रुपैयाँमै ‘माइकल अधिकारी’ हेर्न पाइने
………………..
‘प्रेमगन्ज’

परिक्षेद सेनको निर्देशन रहेको फिल्ममा तेज र बेनिशा हमाल ,राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, सम्पदा बानियाँ, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई लगायतको अभिनय छ ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्त पनि देखिएकी छिन् ।
…………..
“कार्तिकेय २”

हिन्दी डबमा आएको तेलुगु फिल्म “कार्तिकेय २” बक्स अफिसमा बलिउडलाई कडा प्रतिस्पर्धा गरिरहेको छ। सोही फिलम पनि प्रर्दशन हुनेभएको हो ।
चन्दू मोन्डेटीको लेखन र निर्देशन रहेको फिल्म कार्तिकेय को एक सिक्वेल को रूपमा कार्तिकेय २ आएको हो ।
फिल्ममा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरन, र अनुपम खेर लगायतका कलाकारहरुको अभिनय छ।














प्रतिक्रिया दिनुहोस्