रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर जिल्ला सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् ।
शुक्रबार गरिएको भेलाले मकवानपुर जिल्ला सभापतिमा न्यौपानेलाई चयन गरेको हो ।
भेलाले प्रदेश सदस्यहरुमा मकवानपुरका उत्सव अर्याल, श्यामसुन्दर कंडेल, विरेन्द्र थापा, सुरेश थापा, विक्रम कुमार लो सहित विभिन्न जिल्लाका देव विश्वकर्मा, कृष्णहरि पौडेल, सविना विक र सुरेन्द्र भट्टलाई चयन गरेको छ ।
यसअघि मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनका समयमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष पुगेर एमाले पक्षमा मिसिएका थिए ।
पुर्व अध्यक्ष केन्द्रिय सदस्य समेत रहेका न्यौपाने अध्यक्ष पद हत्याउन निकै दौडधुप गरेर एमाले बनेपनि चुनाव हारेपछि बिभिन्न व्यक्तीहरुको विषयलाई इसु बनाएको केही व्यवसायीहरुले आरोप समेत लगाएका थिए ।
उनै न्यौपाने स्वतन्त्र पार्टीको मकवानपुर सभापतिमा चयन भए पछि पद प्राप्तका लागि पार्टी प्रबेश गरेका हुन भनिरहेको अवस्था समेत छ ।
…………………..
यसै विच सभापतिमा चयन भएका राजकुमार न्यौपानेले बिभिन्न आरोपका विषयमा बोल्दै यस अघि कुनै पार्टी प्रवेश नगरेको बताउछन् ।
अहिले सम्म जनताको लागि कुनै पार्टी र व्यक्तीले कामै नगरेको समयमा सञ्चार क्षेत्रमै काम गर्दा रवि लामिछानेले गरेको काम हेर्ने हो भने सरकारमा पुगेर काम गर्ने मौका पाएमा देश र जनताको हितहुने काम असिमित हुने न्यौपाने बताउछन् ।
उद्योग वाणिज्य संघको चुनाव लड्न नेकपा एमाले प्रवेश गरेको विषयमा पार्टीको झण्डा नबोकेको समेत दावी गरे ।
बिगतमा लामिछानेले जनताकै काम गरेकै कारण हरेकको मनमा बसेको र मन हरेकको आँसु पुछ्ने व्यक्तीको नेतृत्वमा स्थापित पार्टी बास्तविक पार्टी भएको र पार्टी देशकै उच्च स्थानमा पुग्ने सभापती न्यौपानेको दावी छ ।
न्यौपाने भन्छन् “मलाई व्यवसायीहरुले विश्वास गर्नु भएकै हो । मैले चुनाव जित्छु भनेर गुट उपगुट बनाएर चुनाव सारियो ।राजकुमार एक्लै लडेको हो । हिजो व्यवसायीकहरुको एजेण्डा थियो । आज मकवानपुरको छ ।”
रवि लामिछाने,ले यसरी कव्जा गर्दै।राजकुमार न्यौपाने पनिRastriya Swatantra Parti।Makwanpur कारण यस्तो।

















प्रतिक्रिया दिनुहोस्